site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad

काठमाडौं । नेपाली चलचित्र नगरीमा फिल्म बनाउन भन्दा पनि प्रदर्शन गर्न गाह्रो हुने गरेको समाचार बाक्लै रुपमा बाहिर आउँछन् । हुन पनि हो, फिल्म बनाउन भन्दा पनि प्रदर्शनका लागि पालो पाउनै मुस्किल पर्ने निर्माता तथा वितरकहरु नै बताउँछन् ।

यसै विषयवस्तुलाई आधार मानेर कथानक चलचित्र पनि बनिसके । तर पनि समस्या ज्युँका त्यूँ छ । निर्माता तथा वितरकले चाहेको मितिमा चलचित्र प्रदर्शनमा ल्याउन त झनै गाह्रो छ ।

प्रायः चाडबाड तथा नयाँ वर्षमा चलचित्र प्रदर्शनमा ल्याउन त झनै कठिनाइ छ । यसमा पनि यही मितिमा निर्माता तथा वितरक आकर्षित हुनेगरेपछि झनै समस्या हुने गरेको छ ।

धेरैको रोजाई दसैं, तिहार, माघे सक्रान्ति, वैशाख १ अर्थात् नेपाली नयाँ वर्ष नै हुने गर्छ । आगामी वर्षको वैशाख एकलाई पनि धेरैले आँखा लगाएका छन् ।

किन नयाँ वर्षमा चलचित्र लगाउन निर्माता, वितरक तथा निर्देशक हत्ते गर्छन् ?

नयाँ वर्षको पहिलो दिन काठकाडौं बाहिर भने चलचित्रले केही राम्रो व्यापार गर्ने गरेको चलचित्र निर्माता माधव वाग्ले बताउँछन् । “सिंगल थिएटरमा काठमाडौं बाहिर एक गते अरुदिनको तुलनामा केही राम्रो व्यापार गर्छन् । यो दिन शनिबारको जत्तिकै व्यापार हुन्छ,” निर्माता वाग्ले भन्छन्, “काठमाडौं उपत्यकामा खासै असर गर्दैन । अधिकांश नबुझेर पछि लाग्ने मात्रै हुन् ।”

चलचित्र वितरक गोपाल कायस्थ राम्रो सिनेमा बनाउन सके जहिले पनि चल्ने बताउँछन् । “चलचित्र तिथि मिति हेरेर हेर्न कोही पनि जाँदैन, नयाँ वर्षमा चलचित्र हेर्न जाने पनि हलमा पुगेर कुन चलचित्र राम्रो छ भनेर हेर्छ,” कायस्थ भन्छन्, “सबै चलचित्र सबै हलमा चल्छन् भन्ने पनि छैन । मल्टिप्लेक्समा र सिंगल थिएटरमा चल्ने फिल्म फरक फरक हुनछन् । एक गते चलचित्र चल्छन् भन्ने भ्रम मात्रै हो ।”

राम्रो चलचित्र भए नयाँ वर्षको पहिलो दिन प्रदर्शनमा आएको चलचित्रलाई फाइदा पुग्ने तर सामान्य चलचित्रलाई भने यो मितिले खासै अर्थ नराख्ने निर्देशक ऋषी लामिछाने बताउँछन् ।

“राम्रो चलचित्र बनेको खण्डमा भने नयाँ वर्षमा अरु दिनको तुलनामा धेरै व्यापार गर्छ,” निर्देशक लामिछानेले भने, “२०७२ सालको पहिलो दिन मेरो हवल्दार सुन्तली गोपीकृष्णमा तीन शो मा ६ वटा हलमा हाउस फूल भएको थियो । काठमाडौं उपत्यका बाहिर पनि चलेको थियो ।” हवल्दार सुन्तली ०७१ साल चैत २६ गते रिलिज भएको थियो ।

राम्रो चलचित्र रिलिज भए अन्य दिनको तुलनामा केही राम्रो व्यापार गर्ने उनको भनाइ छ । तर, त्यसले अन्य दिनको व्यापारमा भने खासै असर नगर्ने निर्देशक लामिछाने बताउँछन् ।

युवा निर्देशक दिपेन्द्र के खनाल वैशाख एक गते नै चलचित्र लगाउनुपर्छ भन्ने मान्यता राख्दैनन् । “यो प्रदर्शनको विषयबारे म धेरै जानकारी राख्दिनँ” निर्देशक खनाल भन्छन्, “यो वर्ष वैशाख एक गते विदाको दिन परेकाले पनि यो मितिले खासै अर्थ राख्छ जस्तो लाग्दैन । तर, एक गते अरुबार पर्यो भने दुई दिन विदाको दिन पर्दा भने केही फाइदा हुन्छ होला ।”  

‘लब लब लब’, ‘घाम पानी’, र ‘राधे’ ले वैशाख एक गतेका लागि रिलिज डेट घोषणा गरेका छन् ।

आशा लाग्दा मानिएका यी चलचित्र मध्ये कुन–कुन पछि हट्ने हुन् त्यो भने हेर्न बाँकी नै छ । तर, प्रदर्शन मितिका लागि घम्साघम्सी हुने भने निश्चत छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २६, २०७३  १७:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro