site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जेठसम्म बक्स अफिस लागु गर्ने तयारी

काठमाडौं । चलचित्र विकास बोर्डले बक्स अफिस प्रणाली लागु गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । निर्वाचनमा आफ्नो मुख्य ‘एजेन्डा’ नै बक्स अफिस बनाएका बोर्डका अध्यक्ष राजकुमार राईले आफ्नो कार्यकालभित्र प्रतिबद्धता पूरा गर्ने अभियानलाई तीव्र पारेका हुन् । अध्यक्ष राईको कार्यकाल आगामी जेठमा सकिँदैछ ।

यसका लागि बोर्डले सम्भाब्यता अध्ययन तथा कार्यक्षेत्रगत शर्त र बोलपत्र कागजात तयार गर्न परामर्शदातासँग सम्झौता गरिसकेको छ । “मंसिर १३ गते परामर्शदातासँग सम्झमैता भइसकेको छ,” बोर्डका एक अधिकारीले भने, “एक महिनाभित्र बोलपत्र सम्बन्धि कागजात बोर्डमा पेश गर्नेगरी कार्य अघि बढीसकेको छ ।”

एक महिने सूचना निकालेर बोलपत्र आह्वान गरेपछि आवेदन दिने मध्येबाट मूल्यांकन समितिले मूल्यांकन गरेर अन्तिम टुङ्गो लगाउने चलचित्र विकास बोर्डका प्रदर्शन तथा वितरण शाखा अधिकृत चिरञ्जीवी गुरागाईंले बताए ।
मूल्यांकन समिति सार्वजनिक खरिद नियमावली–२०६४ बमोजिम गठन हुनेछ ।

बक्स अफिस लागु गर्ने मुद्दालाई धेरै चलचित्रकर्मीले चुनावी एजेन्डा बनाए पनि लागु हुन सकेको छैन । बक्स अफिस लागु नहुँदा नेपालमा कुन चलचित्रले कतिको ‘विजनेश’ गर्छन् यकिन तत्थ्यांक आउने गरेको छैन । निर्माता तथा चलचित्र वितरकले जति दाबी गर्छन् त्यसैलाई ‘कलेक्सन’को आधार मान्नु पर्ने अवस्था छ । बक्स अफिस नहुँदा निर्माता तथा वितरकले आफ्नो चलचित्रको ‘विजनेश’ बढाएर प्रचार गर्ने गरेको पाइएको छ ।

बक्स अफिस लागु गर्न हलहरुले अनिवार्य ई–टिकट प्रणाली लागु गर्नुपर्छ । पछिल्लो समय निर्माण गरिएका र ‘अपडेटेड’ हलहरुमा यो प्रणाली लागु गरिए पनि पूराना हलमा भने ई–टिकेटिङको व्यस्था छैन ।

“पुराना हल जो तत्काल ई–टिकेटिङमा जान सक्ने अवस्थामा छैनन्, उनीहरुलाई बोर्डले पनि केही सहयोग गर्छ,” चलचित्र विकास बोर्डका प्रदर्शन तथा वितरण शाखा अधिकृत चिरञ्जीवी गुरागाईंले भने, “यसका लागि आवश्यक जनशक्तिका लागि हामी प्राविधिक तालिम दएर दक्ष जनशक्ति निर्माणमा सहयोग गर्ने योजनामा छौं ।”

नेपालभर ३६७ सिनेमा हल दर्ता भएकामा करिब ५० प्रतिशत बन्द छन् । ३६७ हलमा १८३ वटा हल सञ्चालनमा छन् ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७३  १४:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro