site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad

काठमाडौं । गत वर्ष हलमा प्रदर्शन भइरहेका बेला चलचित्र ‘पशुपतिप्रसाद’ अधिकांशका मोबाइल र कम्प्युटरमा पुग्यो । अर्थात् चलचित्र ‘लिक’ भयो । चलचित्र ‘लिक’ भएपछि त्यसको व्यापारमा पनि असर देखियो । पछि त्यही चलचित्र वर्षकै सर्वोत्कृष्ट ठहर भयो ।

निर्देशक रामबाबु गुरुङको चलचित्र ‘कबड्डी’ पनि चार महिनापछि अष्ट्रेलियाबाट ‘लिक’ भयो । तर, यो भने प्रदर्शनमा आइसकेकाले व्यापारमा खासै असर परेन ।

गत वर्ष बिग बजेटमा निर्माण भएको चलचित्र ‘फन्को’ पनि ‘लिक’ भयो । तर, भाग्यवश ‘फन्को’ भने सबैका हातहातमा पुगेन । तर, केही सीमित व्यक्तिका हातमा भने पुग्यो ।
यी त केही पछिल्ला प्रतिनिधि चलचित्रमात्रै हुन् । यस्ता थुप्रै चलचित्र प्रदर्शनकै चरणमा त कति प्रदर्शनअगावै बाहिरिएका छन् ।

कसरी ‘लिक’ हुन्छन् चलचित्र ?
जानकारहरू चलचित्र ‘लिक’ हुनुका धेरै कारण रहेको बताउँछन् । “मुख्य कारण त निर्माण युनिटकै लापरबाही हो,”  ‘पशुपतिप्रसाद’ का नायक तथा लेखक खगेन्द्र लामिछाने भन्छन्, “आफ्नै युनिटका साथीहरूलाई विश्वास नगर्ने कुरा पनि भएन । धेरैका हातमा चलचित्रको फाइल हुन्छ, एकले अर्कोलाई दिँदादिँदै त्यहीँबाट चलचित्र बाहिर जान्छ ।”

उनका अनुसार आफ्नै साथीभाइले गोप्य भन्दै एकले अर्कोलाई दिनु नै चलचित्र बाहिरिनुको एउटा कारण हो ।
सोही चलचित्रका निर्देशक दिपेन्द्र के खनाल चलचित्र ‘लिक’ हुनुका पछाडि धेरै कारण रहे पनि कमजोरी आफ्नै हुने गरेको बताउँछन् । “मुख्य कारण त एक्सट्रिमर फाइल बनाउनु हो, पोस्ट प्रोडक्सनको समयमा विभिन्न खालका फाइल बनाइन्छ, त्यो बेला कपी गर्न सजिलो र छिटो होस् भनेर ५/७ मिनेटमा ३/४ जीबीको मेमोरीमा कपी गर्न मिल्ने एक्सिट्रमर खुला एमपेक्स फाइल बनाइन्छ, यो सबैभन्दा रिस्कको काम हो । यो फाइल प्रोडक्सनकै मान्छेबाट आफ्ना आफन्त तथा साथीभाइलाई दिने गर्दा चलचित्र बाहिरिन्छ,” निर्देशक खनालले भने, “इन्डियाबाट क्युब सर्भरमार्फत् हलमा सिधै लाग्ने चलचित्रमा यो ‘रिस्क’ हुँदैन ।”

एम्पेक्स फाइलमा रिस्क हुने भएकाले खनालले ‘चपली हाइट–२’ एम्पेक्स फाइल नै बनाएनन् ।
चलचित्र ‘जात्रा’ का निर्देशक प्रदीप भट्टराई सिनेमा ‘लिक’ हुनुको मुख्य कारण ‘थर्ड स्टेसन’ अर्थात् सर्भर नभएका हल रहेको बताउँछन् ।

डीभीडीमा एचडी क्वालिटी भएको एम्पेक्स फाइल लगेर प्रदर्शन गर्ने हलबाटै चलचित्र बाहिरिने जोखिम उच्च रहेको भन्दै निर्देशक भट्टराईले भने, “करोडौं लगानी गरेको चलचित्रमा एक–दुई लाख तथा हजारको लोभ गर्दा थर्ड स्टेसनबाट चलचित्र लिक हुन्छन्, त्यसैले हामीले त्यस्ता हललाई चलचित्र नै दिएनौं ।”
यही कारण थर्ड स्टेसनमा प्रायः बिग बजेटमा बनेका सिनेमा कमै लाग्छन्, लागे पनि मल्टिप्लेक्स तथा अन्य राम्रा हलबाट उत्रिने बेलामा मात्र लाग्ने गरेका छन् ।

चलचित्र ‘लिक’ हुनुको अर्को पनि कारण रहेको चलचित्र निर्देशक रामबाबु गुरुङ बताउँछन् । युट्युबमा प्राइभेट लिंक अपलोड गर्दागर्दै ‘लिक’ हुने गरेको गुरुङको भनाइ छ । “अहिले धेरैजसो चलचित्र विदेशमा रहेका साथीभाइ तथा आफन्तको लगानीमा बन्न थालेका छन्,” निर्देशक गुरुङ भन्छन्, “उनीहरूले चलचित्र हेर्न माग्छन् । उनीहरूलाई युट्युबमा प्राइभेट लिंकमार्फत चलचित्र पठाइन्छ । कहिलेकाहीँ प्राइभेट लिंक पब्लिक हुँदा चलचित्र लिक हुन्छ ।”

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १०, २०७३  १६:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro