site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतीय किसानले बैंकबाट हप्तामा २५ हजारसम्म निकाल्न पाउने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । भारत सरकारले बिहीबारबाट बैंकबाट स्वीकृत भइसकेको किसानको ऋण एक हप्तामा २५ हजार रुपैयाँसम्म निकाल्न पाउने बनाएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
यो मौसम किसानहरुले बाली लगाउन बीउ र मल खरिद गर्ने समय भएको हुनाले उनीहरुलाई परेको समस्याको ख्याल गर्दै यो निर्णय गरेको आर्थिक मामिलाका सचिव शक्तिकान्त दासले पत्रकारहरुसँग बताएका थिए ।
यससँगै किसानहरुले बालीको बिमा प्रिमियम तिर्नुपर्ने समयसीमा पनि १५ दिनले बढाएको छ ।
तर, भारतका दशौं लाख किसानहरुको बैंक खाता छैन र उनीहरुले स्थानीय व्यक्तिहरुबाट पैसा सापट लिएर मल तथा बीउ खरिद गर्दै आएका छन् ।
यसै गरी शक्तिकान्त दासले विवाहका लागि एक व्यक्तिले एक खाताबाट दुई लाख पचास हजारसम्म निकाल्न पाउने  ब्यवस्था मिलाएको बताएका छन् ।
साथै बैंक काउन्टरबाट हरेक दिन एक व्यक्तिले ४५०० रुपैयाँ पुरानो नोट साट्न पाइने प्रावधानलाई भने घटाएर अब २ हजार रुपैयाँ मात्र साट्न पाइने बनाइएको छ ।
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २, २०७३  १२:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय