site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मंसिर ३ देखि ५ सम्म बौद्धनाथ चैत्यमा विशेष पूजा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौँ, २ मङ्सिर । बौद्धनाथ क्षेत्र विकास समितिले यही मङ्सिर ३ देखि ५ गतेसम्म बौद्धनाथ चैत्यमा विशेष पूजा गर्ने भएको छ । 
बौद्धनाथ चैत्यको जीर्णोद्धार सम्पन्न भएपछि प्राणप्रतिष्ठा तथा पाठलगायत अन्य पूजा गर्न लागिएको हो । बौद्ध दर्शनको महायान तथा बज्रयान सम्प्रदायका विशिष्ट धर्मगुरु तथा बौद्ध विद्वान्का साथै सम्बन्धित धर्मावलम्बीको सहभागितामा सो कार्यक्रम गरिने बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष सम्पूर्णकुमार लामाले जानकारी दिए । 
महायानी सम्प्रदायअन्तर्गत निङ्मा, काग्यु, गेलुक र शाक्य सम्प्रदायका ठूला धर्मगुरुले शान्तिका लागि परित्राण पाठ गर्ने कार्यक्रम रहेको बौद्ध विद्वान् टीका शेर्पाले बताए । 
गत वर्षको वैशाखमा आएका भूकम्पका कारण चैत्यमा क्षति पुगेकाले विभिन्न दातृ सङ्घसंस्थाबाट स्रोत सङ्कलन गरी सोही वर्षको जेठ १० गतेबाट केही भाग जीर्णोद्धार तथा केहीमा पुनःनिर्माणसमेत गरिएको छ । करिब रु २३ करोडको लागतमा चैत्यको जीर्णोद्धार कार्य सम्पन्न गरिएको समितिले जनाएको छ । 
विश्व सम्पदा सूचीमा सूचीकृत सो चैत्यको उद्घाटन यही मङ्सिर ७ गते प्रधानमन्त्रीबाट गरिनेछ । सो उद्घाटन कार्यक्रमका लागि श्रीलङ्का, म्यान्मा, थाइल्यान्डलगायत मुलुकका राजदूत तथा कूटनीतिक व्यक्तित्वलाई आमन्त्रणसमेत गरिएको समितिका अध्यक्ष लामाले बताए । रासस
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २, २०७३  १०:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement