site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
स्क्रब टाइफसबाट एक महिनामै चारको मृत्यु
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
चितवन । स्क्रब टाइफस रोगबाट कात्तिकमा मात्रै चितवनमा चारजनाले ज्यान गुमाएका छन् । कात्तिक अन्तिम साता चितवनमा थप एक महिलाको मृत्यु भएपछि एकै महिनामा स्क्रब टाइफस रोगबाट मृत्यु हुने चार पुगेको हो । 
जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार कात्तिक अन्तिम साता भरतपुर उपमहानगरपालिका–२२ निवासी ३५ वर्षीया महिलाको उक्त रोगका कारण मुत्यु पुष्टि भएको हो । “कात्तिक अन्तिम साता मृत्यु भएको जानकारी आएको थियो, भेरिफाई गर्दा स्क्रब टाइफस नै प्रमाणित भयो”, जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले भने। ती महिलाको चितवनको नारायणी सामुदायिक अस्पतालमा उपचारका क्रममा ज्यान गएको केसीले बताए । 
चितवनमा असारदेखि कात्तिक अन्तिमसम्म स्क्रब टाइफसबाट ६ जनाको मृत्यु भएको छ । कात्तिकमा मात्रै चारजनाको ज्यान गएको छ । यो वर्ष गएको असार २८ गते पश्चिम चितवनको मङ्गलपुरका ४५ वर्षीया एक महिलाको मृत्यु भएको थियो । कात्तिक १ गते पूर्वी चितवनको कालिका नगरपालिका–६ का १४ वर्षीया बालिका र कात्तिक ४ गते रत्ननगर नगरपालिकाकी १४ वर्षीया बालिकाको ज्यान गएको थियो । 
यस्तै, कात्तिक दोस्रो साता पश्चिम चितवन गुञ्जनगरकी ७१ वर्षीय वृद्धाको मृत्यु भएको थियो । अहिले कात्तिक अन्तिम साता भरतपुर—२२ की ३५ वर्षीया महिलाको मृत्यु भएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । 
चितवनमा यो वर्ष चारसय ७१ जनामा स्क्रब टाइफसको सङ्क्रमण भएको छ । मुसाको शरीरमा हुने सूक्ष्म माइट नामको किराले टोकेमा यो रोग सर्ने कार्यालयका सूचना अधिकारी नरहरि शर्माले बताए । विशेषगरी झारपात र झाडीमा उक्त किरा खसेका बेला मान्छेमा टाँसिएर यसले टोक्ने गर्छ । नेपालमा स्क्रब टाइफसबाट अहिलेसम्म १५ जनाको मृत्यु भइसकेको छ । रासस 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २, २०७३  १०:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय