site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
हिरोज तेक्वान्दोमा पदक विजेता सम्मानित
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । दोस्रो हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा पदक जित्न सफल नेपाली खेलाडीलाई नेपाल तेक्वान्दो एकेडेमी (एनटीए) ले बुधबार नगदसहित सम्मान गरेको छ ।
थाइल्यान्डको बैंककमा अक्टोबर २२ देखि २४ तारिखसम्म भएको प्रतियोगितामा नेपालले विभिन्न स्पर्धामा ४ स्वर्ण र उत्तिनै रजत जितेको थियो । विवेक श्रेष्ठ र पुष्पप्रसाद गौतमले समान १ स्वर्ण र १ रजत तथा चन्दु शाही र प्रतिज्ञा भण्डारीले समान १–१ स्वर्ण जितेका थिए । त्यस्तै तिलक लामा र अशोक खड्काले १–१ रजत जिते । अशोकले प्रतियोगितामा टिम प्रशिक्षक तथा व्यवस्थापकको भूमिका पनि निर्वाह गरेका थिए ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट र सदस्य उपेन्द्र पौडेलले खेलाडीलाई सम्मान पत्र र जनही नगद १० हजार रुपैयाँ प्रदान गरे । नगद पुरस्कार युनिटी तेक्वान्दो एकेडेमी, हङकङका अध्यक्ष दिल गुरुङ र मकाउमा रहेका तेक्वान्दो प्रशिक्षक कृष्णशरण कार्कीले प्रायोजन गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव विष्टले एनटीएका अध्यक्षसमेत रहेका अशोकलाई स्वयंसेवक प्रशिक्षकको नियुक्ति दिने प्रतिबद्धता व्यक्त गरे ।
NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १, २०७३  १८:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय