site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सोलिडारिटी कप विजेता टोली आज नेपाल आइपुग्ने, नगर परिक्रमा गराइने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कपको उपाधि जितेको नेपाली राष्ट्रिय फुटवल टिम बसधबार स्वदेश फर्किदैछ । फाइनलमा मकाउलाई पराजित गर्दै सोलिडारिटी कपको उपाधि जितेको नेपाली टोली आज बेलुका साढे आठ बजे त्रिभुवन विमानस्थलमा आइपुग्ने अखिल नेपाल फुटवल संघ एन्फाले जनाएको छ । 
यस्तै सोलिडारिटी कपको उपाधि जितेर स्वदेश फर्कने नेपाली टोलीलाई आजै बेलुका नगर परिक्रमा गराइने एन्फाले जनाएको छ । नेपाली टोलीलाई विमानस्थलबाट गौशाला, बत्तिसपुतली, मैतिदेवी, पुतलीसडक, घण्टाघर, शहिदगेट, न्युरोड, दरबारमार्ग, त्रिपुरेश्वर, थापाथली, कुपन्डोल, पुलचोक, मंगलबजार, ग्वार्को हुँदै एन्फा कम्पेक्ससम्म परिक्रमा गराइने एन्फाले जनाएको छ । 
मलेसियाको कुचिङस्थित सरावक रङ्गशालामा मंगलबार भएको फाइनलमा नेपालले मकाउलाई १–० ले पराजित गर्दै उपाधि जितेको थियो । नेपालले सोलिडारिटी कपको पहिलो संस्करणको उपाधि जितेको हो । नेपाललाई एसियाली फुटबल महासंघ (एएफसी) ले पहिलो पटक आयोजना गरेको प्रतियोगिताको उपाधि दिलाउन सुजल श्रेष्ठले निर्णायक गोल गरेका थिए ।  
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १, २०७३  १६:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement