साहित्य
काठमाडौं । बलिउड अभिनेत्री ट्वींकल खन्नाले आफ्नो दोस्रो किताब ‘द लिजेन्ड अफ लक्ष्मी प्रसाद’ एक विषेश कार्यक्रम आयोजना गरेर सार्वजनिक गरेको एनडिटिभीको अनलाइन संस्करणले जनाएको छ ।
मुम्बईमा आयोजित किताब अनावरण कार्यक्रममा बोल्दै लेखिका खन्नाले उनको किताब महिलावादमा आधारित भएको र त्यससँग सम्बन्धित ४ वटा कथा समावेश भएको बताएकी छन् । उनले महिलावादको अर्थ सबैका लागि बराबर मौका भएको बताएकी थिइन् ।
किताब अनावरण समारोहमा कलाकारहरु शबाना आजमी, रणबीर कपुर तथा आलिया भट्टले ट्वींकलको किताबका एक—एक च्याप्टरहरु पढेर सुनाएका थिए । फिल्मा निर्माता तथा निर्देशक करण जोहरले कार्यक्रम होस्ट गरेका थिए ।
प्रकाशित मिति: बुधबार, मंसिर १, २०७३ १४:४४
प्रतिक्रिया दिनुहोस्