site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कथा दिवसमा कथाकारहरू सम्मानित 

काठमाडौं । साहित्यिक पत्रकार संघले ४४औँ कथा दिवसको अवसर पारेर ‘मैनाली कथा सम्मान–२०८१’ कथाकार रत्न कोजुलाई प्रदान गरेको छ । उक्त सम्मान अर्का अग्रज कथाकार डा. राजेन्द्र विमलले प्रदान गरे ।

उक्त अवसरमा संघका अध्यक्ष राधेश्याम लेकालीले कथाकार डा. विमललाई ‘भानु–तुलसीदास सम्मान’ प्रदान गरे ।
 
कार्यक्रममा प्रमुख अतिथि डा. विमलले संकटको स्थितिमा रहेको देशलाई त्यसबाट मुक्त गर्ने अभिभारा नयाँ पुस्ताका सर्जकहरूमा आएको बताए ।
 
कार्यक्रममा साहित्यकारहरू प्रमोद प्रधान, लेकाली, श्रीओम ‘रोदन’, नरेन्द्रबहादुर श्रेष्ठ र पद्मावती सिंहले कथा दिवस र सम्मानित व्यक्तित्वबारे बोले ।

कार्यक्रममा लता केसी, शान्ता तिम्सिना, इन्दिरा चापागाईं, सत्या अधिकारी, अन्जु थपलिया, मिसु श्रेष्ठ, मन्दिरा मधुश्री र ललिता दोषीले आफ्ना लघुकथा वाचन गरे । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २०, २०८१  १२:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro