site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
कुमारी बैंकको नाफा १० करोड बढ्यो
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा कुमारी बैंकको नाफा उल्लेख्य बढेको छ । 
बैंकले चालु आवको असोजसम्म १३ करोड ७४ लाख रुपैयाँ नाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले ४ करोड ८६ लाख रुपैयाँ नाफा गरेको थियो । गत आवमा बैंकले कुल ७४ करोड रुपैयाँ नाफा गरेको थियो । गत आवको तुलनामा चालु आवमा बैंकको नाफा झण्डै १० करोड रुपैयाँ बढेको छ ।  
यस्तै बैंकको निक्षेप परिचालन पनि बढेको मंगलबार सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरणले देखाएको छ । जसअनुसार बैंकले असोजसम्म ४० अर्ब ३५ करोड ६९ लाख रुपैयाँ निक्षेप परिचालन गरेको छ । गत असारसम्म बैंकले ३७ अर्ब ९५ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । ३ महिनामा बैंकको निक्षेप ३ अर्ब रुपैयाँ बढेको वित्तीय विवरणले देखाएको छ । 
यस्तै समीक्षा अवधिमा बैंकले ३२ अर्ब ४१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत असारसम्म बैंकको कर्जा लगानी ३० अर्ब ११ करोड रुपैयाँ थियो । ३ महिनामा बैकको कर्जा प्रवाह २ अर्ब रुपैयाँ बढेको छ । हालसम्म बैंकको चुक्तापुँजी २ अर्ब ६९ करोड ९१ लाख रुपैयाँ छ । आगामी असारसम्म बैंकले चुक्तापुँजी ८अर्ब रुपैयाँ पुर्याउनु पर्ने वाध्यात्मक अवस्था छ । बैंकको खराव कर्जा अनुपात १.२ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी साढे ३१ रुपैयाँ पुगेको  छ । 
 
प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७३  ११:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro