site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा ३५ करोड
काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा नाफा सामान्य बढेको छ । 
बैंकले चालु आवको असोजसम्म ३४ करोड ९४ लाख रुपैयाँ नाफा गरेको छ । गत आवको सोही अवधिमा ३४ करोड ५२ लाख रुपैयाँ नाफा गरेको थियो । गत आवमा बैंकले कुल १ अर्ब २९ करोड २४ लाख रुपैयाँ नाफा गरेको थियो । 
यस्तै बैंकले पहिलो त्रैमाशमा ५७ अर्ब ४१ करोड २८ लाख रुपैयाँ निक्षेप परिचालन गरेको छ । गत असारसम्म बैंकले ५५ अर्ब ७२ करोड ७१ लाख रुपैयाँ निक्षेप परिचालन गरेको थियो । यस्तै समीक्षा अवधिमा बैंकले ३२ अर्ब ३९ करोड १२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत असारसम्म ३१ अर्ब ६९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले मंगलबार सार्वजनिक गरेको पहिलो त्रैमाशिक वित्तीय विवरणमा उल्लेख छ ।  बैंकको खराव कर्जा ०.३ प्रतिशत मात्र छ । बैंकको प्रतिसेयर आम्दानी ५० रुपैयाँ छ । 
प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७३  ११:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro