site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
हिमालयन बैंकको नाफा ४४ करोड
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा हिमालयन बैंकले नाफा बढाउन सफल भएको छ ।
चालु आवको असोजसम्म बैंकले ४३ करोड ८४ लाख रुपैयाँ नाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले ३२ करोड २७ लाख रुपैयाँ नाफा गरेको थियो । गत आवको सोही अवधिको तुलनामा चालु आवको पहिलो त्रैमाशमा बैंकको नाफा झण्डै १२ करोड रुपैयाँ बढेको छ । गत आवमा बैंकले कुल १ अर्ब ९१ करोड ५६ लाख रुपैयाँ नाफा गरेको थियो । हिमालयन १ अर्ब बढी नाफा कमाउने सूचीमा छ । 
बैंकले मंगलबार सार्वजनिक गरेको पहिलो त्रैमाशिक वित्तीय विवरण अनुसार नाफा, निक्षेप परिचालन र कर्जा लगानी बढेको देखाएको छ । असोजसम्म बैंकले ९३ अर्ब २२ करोड रुपैयाँ निक्षेप परिचालन गरेको छ । गत आवको असारमा बैंकले ८७ अर्ब ३२ करोड रुपैयाँ निक्षेप परिचालन भएको थियो । यस्तै बैंकले ७२ अर्ब १८ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो । गत असारमा बैंकको कर्जा लगानी ६९ अर्ब १० करोड रुपैयाँ थियो । बैंकको चुक्तापुँजी ४ अर्ब ९६करोड ४३ लाख रुपैयाँ छ । आउदो असारसम्म बैंकले ८ अर्ब रुपैयाँ चुक्तापुँजी पु¥याउनु पर्ने छ । चुक्तापुँजी बढाउन बैंकले हकप्रद सेयर निश्कासन गरेको छ । 
समीक्षा अवधिमा बैंकको खराव कर्जा अनुपात १.१ प्रतिशत छ । अघिल्लो वर्षको तुलनमा खराव कर्जाको अनुपात घटेको बैंकले जनाएको छ । बैंकको प्रतिसेयर आम्दानी ३९ रुपैयाँ छ । तरलता अनुपात २७ र २४ छ ।  
 
प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७३  ०८:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro