site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘मनको रहर’ को तयारीमा अजय
काठमाडौं ।  कलाकार अजय अधिकारी ‘सुशील’ले ‘मनको रहर’ एल्बम ल्याउने तयारी गरेका छन्  । अजयका अनुसार एल्बम यसै हप्ता सार्वजनिक हुनेछ ।
युवा पुस्ताको भाव  समेटेको गीतले चर्चा पाउने अजयले विश्वास लिएका छन् ।
युवा पुस्ताले मायाप्रेमलाई फेसन जस्तो ठानी प्रेमीपे्रमिका तथा तस्विर जथाभावी सार्वजनिक गर्दा बिछोडपछि जीवनमा नकारात्मक असरलाई गीतमा समेटर सन्देस दिन खोजिएका गीत एल्बममा रहेको अजयले बताए । 
गीतमा शब्द, संगीत, स्वर अजयको छ । केटीको स्वरमा मेलिना राईले साथ दिएकी छन् ।
‘मलाई माया गर्छु भन्दै सबलाई भन्दै नहिँड’को म्युजिक भिडियो समेत तयार पारेका छन् । भिडियोमा वर्षा शिवाकोटी र अजयकै अभिनय रहेको छ । निर्देशन निकेश खड्का र संयोजन योगेस काजीले गरेका छन् । एल्बमलाई  उनी इन्टरटेन्मेन्टले बजारमा ल्याउन लागेको हो ।
अजयले यसअघि ५ वटा एल्बम सार्वजनिक गरिसकेका छन् । उनले जन्मदिनको अवसर पारेर एल्बम सार्वजनिक गर्दै आएका छन् । छैटौं एल्बम पनि जन्मदिनकै अवसरमा सार्वजनिक गर्ने तयारी गरेका हुन् । अजयको जन्मदिन मंसिर ३ गते पर्छ ।
 
machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७३  ११:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro