site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पदभार सम्हाले पछि पनि डोनाल्ड ट्रम्प सम्पूर्ण समय ह्वाइट हाउसमा नबस्ने
काठमाडौं । अमेरिकाका  नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प पदभार सम्हालेपछि पनि सम्पूर्ण समय ह्वाइट हाउसमा नबस्न सक्ने र वाशिङटन डीसी बाहेक हप्तामा केहिदिन न्यूयोर्कको म्यानह्याटनस्थित उनकोे पेन्टाहाउस अपार्टमेन्टमा बस्न सक्ने बताइएको छ ।
‘न्यूयोर्क टाइम्स’ का अनुसार ट्रम्पका सल्लाहकारहरूका अनुसार ट्रम्प चुनाव परिणाम आएपछि पेन्टाहाउस अपार्टमेन्ट छाड्नुपर्ने भएर उनी ‘स्तब्ध’ भएका थिए । 
अब उनी हप्तामा कति दिन  ह्वाइट हाउसमा बस्ने र कतिदिन न्यूयोर्कको उनको महलमा बस्ने भन्ने बिषयमा बिचार गरिरहेको बताइएको छ । 
ट्रम्पमा आफ्नो न्यूयोर्कको महल प्रति अत्यन्तै लगाव रहेको र त्यसलाई उनले छाड्न नसक्ने बताइएको छ ।
अमेरिकी प्रथम महिला हुन गइरहेकी मेलानिया ट्रम्प पनि वाशिङटनमै पति संग बस्न सक्ने अनुमान गरिएको छ । उनको १० वर्षको छोरा ब्यारोन न्यूयोर्कको एक स्कुलमा पढिरहेको तर बाबुआमासँग वाशिङटनमै बस्नेकी नबस्ने भन्ने स्पष्ट नभएको बताइएको छ ।
न्यूयोर्क टाइम्सका अनुसार ट्रम्पका सल्लाहकारले बताएअनुसार उनी हप्तामा धेरै दिन वाशिङटन बस्ने छन भने हप्ताका अन्तिम दिनहरू उनकोे भब्य न्यूयोर्क अपार्टमेन्टमा बस्ने छन् ।
 
machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७३  ०८:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro