site stats
बाह्रखरी :: Baahrakhari
पुनर्निर्माण
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

गोरखा । भूकम्पले क्षति पुर्याएको गोरखा दरबारको पुनःनिर्माणमा ढिलाइ भएको छ । दरबारको जग तथा संरचनामा भूकम्पले क्षति पुर्याएकाले जगैदेखि पुनःनिर्माण गर्नुपर्ने देखिए पनि बजेटको अभाव हुँदा दरबारका मुख्य संरचना र कालिका मन्दिरको पुनःनिर्माण हुन सकेको छैन ।

‘दरबारको गारो जीर्ण भइसक्यो । छानाबाट पानी चुहिन्छ”, गोरखा दरबार हेरचाह अड्डाका प्रमुख गणेश भट्टराईले भने, “तल्लो तलाभन्दा माथिल्लो तला धेरै जीर्ण छ ।” दुईतले दरबारको अधिकांश ठाउँमा सालका काठ प्रयोग गरिएका छन् । भूकम्प गएको १८ महिना हुँदा पनि ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्वको दरबार पुनःनिर्माणको काम नभएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

गोरखा दरबार छेउमा रहेको गुरु गोरखनाथको मन्दिर (गुफा) भने मर्मत गरिएको छ । भूकम्पले पूर्णरुपमा क्षति पुर्याएपछि गोरखनाथ मन्दिर टहरोमा सञ्चालित थियो । भूकम्प प्रतिरोधी मन्दिर बनाएपछि नियमितरुपमा पूजाआजा सुरु गरिएको भट्टराईको भनाइ छ । दरबार मर्मत गर्न पुरातत्व विभाग तथा सरकारसँग आग्रह गरेपनि बजेट अभाव हुँदै आएको भट्टराईले बताए ।

यसअघि पुरातत्व विभागले दरबारको अवस्थाबारे अध्ययन गरिसकेको छ । अध्ययन गरे पनि बजेटको व्यवस्था नगरेपछि दरबार मर्मत गर्न नसकिएको हो । दसैँका बेला दरबारको दसैँ घरमा सकसपूर्ण पूजाआजा तथा पूmलपाती भित्र्याइएको भट्टराईको गुनासो छ । तत्कालीन राजा राम शाहले विसं १६६८ सालमा निर्माण गरेको दरबार भूकम्पपछि जीर्ण हुँदै गएको छ । दरबारमा विसं १७९९ मा पृथ्वीनारायण शाहले राज्याभिषेक गरेको इतिहास छ ।

Global Ime bank

पुरातत्व विभागले पठाएको बजेटले गोरखनाथ गुफास्थित मन्दिर, दमैपाटीलगायत संरचना मर्मत गरिएको हो । दरबारको जगैदेखि भत्काएर दुरुस्तै पुनःनिर्माण गर्न सकेमा दीर्घकालीनरुपमा दरबारका संरचना राख्न सकिने सरोकारवाला बताउँछन् । दरबार अवलोकनका लागि शैक्षिक भ्रमणमा विद्यार्थी आउने गरेका छन् । यस्तै, स्वदेशी तथा विदेशी पर्यटक दरबार अवलोकनका लागि बर्सेनि आउँछन् । दरबारका पुजारी प्रदीपनाथ योगीले ऐतिहासिक महत्वको गोरखा दरबार मर्मतमा सरकारले ढिलाइ गर्न नहुने बताए । भूकम्पपछि देशमा भित्रिएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाले विभिन्न संरचना पुनःनिर्माणमा सहयोग गर्ने बताएपनि भूकम्पले क्षति पु¥याएका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय सम्पदाको पुनःनिर्माणमा खासै सहयोग गरेका छैनन् । 

- प्रशन्न पोखरेल/रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ५, २०७३  ०९:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC