site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
KFC Island Ad
Dabur Nepal
NIC Asia
Royal Enfield Island Ad

काठमाडौँ, रासस । विद्यालय कर्मचारी संयुक्त आन्दोलन परिचालन समितिले पेशागत अधिकार, सेवासुविधा र सुरक्षाको माग गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । 

विद्यालय कर्मचारी सङ्गठन नेपाल र नेपाल विद्यालय कर्मचारी युनियन मिली बनेको समितिले प्रेस विज्ञप्ति जारी गरी सरकारले आफ्ना माग बेवास्ता गरी सुनुवाइ नगरेको जनाउँदै विद्यालय कर्मचारीको श्रम शोषणका विरुद्ध र पेशा रोजगारीको हक, मानवअधिकार एवं सर्वोच्च अदालतको फैसला कार्यान्वयनका लागि सडक आन्दोलन गर्नैपर्ने बाध्यता परेको जनाएको छ । 
विज्ञप्तिमा सर्वोच्च अदालतको सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीको भविष्य अन्योल र अनिश्चित हुन नदिन तिनीहरुको सेवा, शर्त, सुविधा उल्लेख भएको सेवा कानून बनाई कार्यान्वयन गर्नू भन्ने विसं २०६७ माघ २३ को फैसला र पूर्वआदेशको छ महिनाभित्र पूर्ण कार्यान्वयन गर्नू भन्नेसमेतको २०७१ भदौ १२ को फैसला सरकारले कार्यान्वयन नगरेको आरोप लगाइएको छ । 
शिक्षा ऐन आठौँ संशोधनमा भएको कर्मचारीसम्बन्धी व्यवस्थासमेत कार्यान्वयन नगरी दरबन्दी, समायोजन, पदस्थापन, आन्तरिक प्रतियोगिता, तलबभत्ता, सञ्चयकोष, महँगी र पोशाक भत्ता, निवृत्तिभरण, उपदान, औषधोपचार, बीमा, बिदा, टे«ड युनियन अधिकारलगायत विषयमा लामो समयदेखि विद्यालय कर्मचारीलाई चरम श्रम शोषण र दमनमा पारिएको आरोप बिहीबार जारी विज्ञप्तिमा लगाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०७५  १६:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro