site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले केपी ओली नेतृत्वको सरकार बाध्यताले लोकतन्त्रका कुरा गरिरहेको आरोप लगाएका छन् । कांग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले बिहीबार काठमाडौंमा आयोजना गरेको ‘समसामयिक अर्थ र राजनीतिक समीक्षा’ विषयक अन्तरक्रिया कार्यक्रममा सह–महामन्त्री डा. महतले सरकार बाध्यताले लोकतन्त्रका कुरा गरिरहेको आरोप लगाएका हुन् । 
‘‘यो सरकार केन्द्रीकरणको बाटोमा छ । उनीहरुले यद्यपि बाध्यताले लोकतन्त्रका कुरा गरे, धेरै कुरा हामीले पनि बाध्य पार्यौं । तर उनीहरुको आन्तिरिक विश्वास अहिलेपनि कम्युनिजम् नै हो,’’ उनले भने, ‘‘सरकार पार्टीकरणको बाटोमा छ । सरकार र पार्टीबीच फरक छैन् । कम्युनिष्ट ब्यवस्थामा कम्युनिष्टहरुले संघीयताको नारा दिएपनि संघीयता उनीहरुको विश्वास नभएको सह–महामन्त्री महतको भनाइ थियो । 
सत्तारुढ ने क पा राजनीतिक तहमा नियन्त्रण र अधिनायकवादको बाटोमा उन्मुख रहेको डा. महतले आरोप लगाए । ‘‘कर्मचारीतन्त्रले सरकार, व्यवसायीकता र कानुनप्रति प्रतिवद्ध नभएर पार्टीप्रति प्रतिवद्ध हुनुपर्छ र स्वतन्त्र न्यायपालिका, सवैधानिक निकायहरुले कार्यकारीको मनसाय अनुसार कामहरु गर्नु पर्दछ भन्ने सोचका साथ अगाडि बढी रहेका छन्,’’ महतले थपे, ‘‘यो कुरा प्रधानन्यायाधिश प्रकरणबाट स्पष्टै छ । अरु सुनुवाइमा आउने न्यायशिधहरुलाई पनि उनीहरुले त्यो सन्देश दिन खोजेका छन् ।’’  
‘‘उनीहरुले जसरी हेडक्वार्टर, शक्ति केन्द्रीकरण जस्ता शब्दावलीहरु प्रयोग गरिरहेका छन्,’’ उनले सरकारबाटै संघीयता खतरामा पर्ने आशंका व्यक्त गर्दै भने, ‘‘यसबाट के स्पष्ट हुन्छ भने नेपाली जनताबीच जसरी विभिन्न नाराहरुसहित प्रस्तुत भए ति नाराहरुमात्रै हुन । नाराहरु उनीहरुका विश्वास होइन । त्यसकारण उनीहरु संघीयतालाई असफल बनाउने बाटोतर्फ जान सक्छन् ।’’ 
पूर्व अर्थमन्त्रीसमेत रहेका महतले कम्युनिष्टहरुले नेपाललाई संस्थागत भ्रष्टाचारको अखडा बनाउन खोजेको आरोप समेत लगाए । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३१, २०७५  १७:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC