कास्की पोखरा समाज जापानको तेस्रो अधिवेशन सम्पन्न, विकास श्रेष्ठ अध्यक्षमा चयन 

कास्की पोखरा समाज जापानको तेस्रो अधिवेशन सम्पन्न, विकास श्रेष्ठ अध्यक्षमा चयन 

काठमाडौं । कास्की पोखरा समाज जापानको तेस्रो अधिवेशन जापानमा सम्पन्न भएको छ ।

आइतबार जापानको राजधानी टोकियोमा सम्पन्न भएको अधिवेशनले विकास श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

समाजको वरिष्ठ उपाध्यक्षमा विष्णु सुवेदी, उपाध्यक्षमा सन्देश अधिकारी, प्रकाश लाल श्रेष्ठ र उमानाथ कोइराला रहेका छन् भने महिला उपाध्यक्षमा अन्जु भण्डारी, महासचिवमा कमल बास्तोला, सचिवमा हरि पहारी, कोषाध्यक्षमा खड्ग सिंह गुरुङ, सहकोषाध्यक्षमा सरु बास्तोला चयन भएका छन् ।

त्यसैगरी प्रवक्तामा विष्णु भण्डारी, युवा संयोजकमा श्रीकृष्ण तिमिल्सिना, कार्यक्रम संयोजकमा अमृत आचार्य चयन भएका छन् ।

त्यस्तै खेलकुद संयोजकमा रामबहादुर लामिछाने र सदस्यहरुमा रत्न शाक्य, तिर्थ सुवेदी, मनोज तिवारी, रमेश श्रेष्ठ, राजु तिवारी, भूपेन्द्र पराजुली, अञ्चल भारी, नवराज गिरी, दिलीप राज, अनिला गुरुङ चयन भएका छन् ।

अध्यक्षमा निर्वाचित भएपछि श्रेष्ठले अधिवेशनमा आफूलाई समाजको अध्यक्ष पदमा निर्वाचति गर्न सकारात्म भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।
 

प्रतिकृया दिनुहोस