काठमाडौं । काठमाडौंको लाजिम्पाटबाट १६ करोड नेपाली मूल्य बराबरको २ किलो १० ग्राम रुवीसहित एकजना पक्राउ परेका छन् । दक्षिण अफ्रिकन मुलुकबाट भित्रिएको रुवी चिनियाँ नागरिकलाई बेच्ने योजना बनाइरहेकै बेला प्रहरीले ललितपुरका दिपक सिँजापतिलाई समातेको हो । महानगरीय प्रहरी वृत्त दरबारमार्गका डीएसपी दानबहादुर मल्लका अनुसार घटनाको थप अनुसन्धान जारी छ । रुवीलाई पथ्थरकी रानी भनिन्छ ।
डीएसपी मल्लले भने, ‘‘रुवी शासक, प्रशासक र तानाशाहले बोक्ने गरेको पाइन्छ, सत्ताबाट च्युत भएपछि वा हटपछि उनीहरुले त्यही बहुमुल्य रुवीजस्ता समाग्री बिक्री गर्ने गरेका हुन्छन । यो आम नागरिकको पहुँचबाहिरको कुरा हो ।” पछिल्लो समय दरबारमार्ग क्षेत्रमा प्रहरी सक्रियता बढेकोले विभिन्न अपराध र तस्करीका घटनामा प्रहरीले सफलता हात पारेको डीएसपी मल्लले बताए ।