विदेश
एजेन्सी । इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी अहिलेसम्म कम्तिमा पनि ८२ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । सयौं जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ७ रिक्टरको भूकम्पमा हजारौं घरमा क्षति पुगेको छ ।
युएस जियोलोजिकल सर्वेले इन्डोनेसियाको लाँमबोकको उत्तरी क्षेत्रमा १० किमी गहिराइमा रहेको जनाएको छ । भूकम्पलगत्तै सुनामीको चेतावनी दिइएको भए पनि अहिले भने सुनामीको सम्भावना नभएको बताइएको छ ।
प्रकाशित मिति: सोमबार, साउन २१, २०७५ ०८:२४
प्रतिक्रिया दिनुहोस्