site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

धनुषा, रासस । प्रदेश नं २ सरकारले सप्तरीको मलेठ घटनाबारे छुट्टै छानवीन गर्न आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा तीन सदस्यीय मन्त्रिस्तरीय समिति गठन गरेको छ । 

मन्त्रिपरिषद्को आज बसेको बैठकको निर्णयअनुसार समितिका सदस्यमा सामाजिक विकासमन्त्री नवलकिशोर साह र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्र साह तथा सदस्य सचिवमा उपन्यायाधिवक्ता कृष्णप्रसाद बराल छन् । समितिले १५ दिनभित्र मलेठ घटनाको निष्पक्ष छानवीन गरी मन्त्रिपरिषद्मा प्रतिवेदन दिनेछ । 
मलेठमा २०७३ फागुन २३ गते पाँच जनालाई सुरक्षाकर्मीको गोली प्रहारबाट मृत्यु भएको थियो  भने आन्दोलनमा थुप्रै व्यक्ति घाइते भएको थिए । राष्ट्रिय मानवअधिकार आयोगले मलेठ घटनाको छानवीन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश ताहिर अली अन्सारीको संयोजकत्वमा उच्चस्तरीय छानवीन आयोग गठन गरेको थियो । आयोगले २०७४ जेठ २९ गते नै राष्ट्रिय मानवअधिकार आयोगलाई आफ्नो प्रतिवेदन बुझाएको थियो । मानवअधिकार आयोगले सार्वजनिक गरेको मलेठ घटनाको प्रतिवेदन खारेजीको माग गर्दै जनकपुरमा विरोध हुँदै आएको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ७, २०७५  १४:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement