काठमाडौं । नेपाली कांग्रेस कञ्चनपुरले साउन १५ गते सरकार विरुद्ध सदरमुकाम महेन्द्रनगरमा बृहत प्रदर्शन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको कांग्रेस जिल्ला कार्यसमितिको बैठकले साउन १५ गते सरकार विरुद्ध बृहत प्रदर्शन गर्ने निर्णय गरेको छ ।
बैठकले प्रदर्शनमा क्षेत्र, नगर, गाउँ र वडा कार्यसमितिहरुलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिने निर्णय गरेको कांग्रेस कञ्चनपुरका सञ्चार तथा प्रचार–प्रसार प्रमुख चक्र महताले जानकारी दिए । सरकारका जनविरोधी क्रियाकलापका विरुद्ध साउन १५ गते सदरमुकाममा विरोध प्रर्दशनका लागि जिल्ला कार्यसमितिलाई केन्द्रबाट निर्देशन आए अनुसार प्रदर्शनको तयारी गरिने उनले बताए ।
प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकारका जनविरोधी क्रियाकलापका विरुद्ध देशव्यापी रुपमा आन्दोलन चर्का साउन १५ गते ७७ वटै जिल्लाका सदरमुकामहरुमा प्रदर्शन गर्न गइरहेको छ । केन्द्रले केही दिन अघि प्रेस विज्ञप्ती जारी गरेर जिल्लाका भ्रातृ तथा शुभेच्छुक संस्था, क्षेत्र, गाउँनगर इकाईहरुलाई समेत सरकारका अधिनायकवादी र जनविरोधी क्रियाकलापका विरुद्ध सक्रियताका साथ जनताका बीच पु¥याउँदै विरोध प्रर्दशनमा सहभागी हुन निर्देशन दिएको थियो ।
कांग्रेस कञ्चनपुरले भीमदत्त नगरपालिकाले बृद्धि गरेको करको विरोधमा जारी ई–रिक्सा चालकहरुको जारी आन्दोलनमा ऐक्यवद्धता जनाउँदै उनीहरुको माग सम्बोधन गरिनु पर्ने माग पनि गरेको छ । बैठकले विपी स्मृति दिवसलाई साताव्यापी रुपमा मनाउने निर्णय गरेको सञ्चार तथा प्रचार–प्रसार प्रमुख महताले जानकारी दिए ।