site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

दाङ । लगातारको वर्षाका कारण पहिरो गएपछि रुकुम पूर्व र रुकुम पश्चिमबीचको मध्यपहाडी सडक अबरुद्ध भएको छ । 

विभिन्न ठाउँमा पहिरो खस्नुका साथै रुखहरु ढलेका र खोलाहरु बढेका कारण सडक अवरुद्ध भएको हो । रुकुम पूर्वको सदरमुकाम रुकुमकोट तथा रुकुम पूर्वका विभिन्न ठाउँमा भित्रने तथा बाहिरिने यात्रुहरु बीच बाटोमा अलपत्र परेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

सिस्ने गाउँपालिकाको रुकुमकोटदेखि रुकुमपश्चिमको रिनदहसम्मको १९ किलोमिटर दूरी पार गर्न यात्रुहरुले २ वटा गाडी फेर्नुपरेको छ । रुकुमपूर्वको सिस्ने गाउँपालिका र रुकुमपश्चिमको मुसीकोट नगरपालिका क्षेत्रमा पर्ने सडकमा धेरै पहिरो खसेको छ । 

रुकुम पश्चिमको मुसीकोट नगरपालिकाको रिनदहदेखि पूर्वको रुकुमकोटसम्मको खण्डमा सबैभन्दा बढी सडक अवरुद्ध छ । अप्ठ्यारो र जोखिम ठाउँमै पहिरो जाने भएपछि जोखिम मोलेरै सर्वसाधारण आवतजावत गरिरहेका छन् । मध्यपहाडी लोकमार्गमै पर्ने रुकुमगाड खोला बढ्दा सवारी वारपार गराउन कठिन भइरहेको छ । सोही खण्डमा मध्यपहाडी लोकमार्ग स्तरोन्नतिको काम पनि भइरहेको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २७, २०७५  १२:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC