काठमाडौं । नियात्रा लेखक नगेन्द्र न्यौपानेको नियात्रा संग्रह कङ्गो र इथियोपियाको सेरोफेरो माथि शुक्रकार अन्तरक्रिया सम्पन्न भयो ।
नियात्रा समाज नेपालको आयोजनामा भएको सो अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि साहित्यिक पत्रकार नगेन्द्रराज शर्माले लेखक न्यौपानेको किताब राम्रो रहेको उल्लेख गर्दै किताबमा केही शीर्षक त्यति सहज नभएको उल्लेख गरे ।
कार्यक्रममा प्राडा कृष्णप्रसाद दाहालले नियात्रा पुस्तक माथि समीक्षात्मक मन्तव्य राखेका थिए । उनले किताब राम्रो भएपनि कमिकमजोरी रहेको बताए ।
नियात्रा समाजका अध्यक्ष चन्द्रप्रसाद भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा किताब माथि प्रतीक ढकाल, चन्द्रकान्त आचार्य, गोविन्द गिरी प्रेरणा, मधुसुदन पाण्डे, मोहन चापागाई, गीता रेग्मी, लेखक नगेन्द्र न्यौपानेले बोलेका थिए ।