site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

पर्वत । रोजगारीका लागि इजरायलमा रहेका प्रवासीहरूले यहाँका दुईजना गम्भीर रोगका बिरामीलाई आर्थिक सहयोग गरेका छन् । 

‘मातृभूमिका लागि पर्वत सेवा समाज इजरायल’ले रक्तक्यान्सर रोगबाट पीडित पर्वतको कुश्मा नगरपालिका–१४ का १५ वर्षीय अर्जुन गौतम र मिर्गौलापीडित पर्वतको कुश्मा नगरपालिका–३ की अमृता शर्मालाई उपचारका लागि झण्डै रु डेढ लाख आर्थिक सहयोग उपलब्ध गराएको हो । गौतमलाई रु एक लाख २० हजार र मिर्गौलापीडित शर्मालाई रु २८ हजार सहयोग हन्तान्तरण गरिएको समाजका अध्यक्ष अर्जुन पौडेलले जानकारी दिए ।  

Prabhu Bank
Agni Group
NIC Asia

रक्तक्यान्सरपीडित गौतम विगत पाँच महिनादेखि भरतपुर क्यान्सर अस्पतालमा उपचाररत छन् भने मिर्गौलापीडित शर्मा विगत एक महिनादेखि उपचारका लागि काठमाडौँमा रहेकी छन् । दुई सन्तानकी आमा बनिसकेकी अमृता यतिबेला आफ्ना दुवै मिर्गौलाले काम गर्न छाडेपछि डाइलोसिस गरेर जीवन धान्न बाध्य छिन् । दुवै परिवार निकै विपन्न रहेकाले अभियान नै सञ्चालन गरेर रकम संकलन गरिएको अध्यक्ष पौडेलले जानकारी दिए ।  

शुक्रबार आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा शिक्षा विकास समन्वय एकाइ पर्वतका प्रमुख उद्धिमराज पौडेलले मानवीय जीवनमा रोगले कतिबेला आक्रमण गर्छ भन्ने कुराको ग्यारेन्टी नहुने बताउँदै विपत्को अवस्थामा सबैले हातेमालो गरेर सहयोग गर्नुपर्ने बताए ।  रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ९, २०७५  १२:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement