site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
ट्रम्प–किम वार्तामा डेढ सय करोडभन्दा बढी खर्च गरेर के पायो सिंगापुरले ?
Sarbottam CementSarbottam Cement

बीबीसी । सिंगापुरले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनका लागि ऐतिहासिक शिखर सम्मलेन आयोजना गरेर ठूलो उपलब्धि हासिल गरेको छ । 

दुवै नेताको भेटवार्ता सफलतापूर्वक सम्पन्न भएको छ तर सम्मेलन आयोजना गरेर प्राप्त उपलब्धिका बारेमा जवाफ दिन सिंगापुर आनाकानी गरिरहेको छ । अहिलेसम्म सिंगापुरले सम्मेलनबाट प्राप्त उपलब्धिका बारेमा आधिकारिक रुपले केही प्रतिक्रिया नदिए पनि एकथरीले सिंगापुर सुरक्षाका दृष्टिकोणले सुरक्षित भएको टिप्पणी गरेका छन् । त्यस्तै अर्काथरीले निष्पक्ष देश सिंगापुरले अमेरिका र उत्तर कोरियासँग मित्रता मजबुद बनाएको बताउँछन् । 

Prabhu Bank
Agni Group
NIC Asia

सिंगापुरसँग शिखर सम्मलेन आयोजना गरेको अनुभव रहेको तेस्रो थरीका मानिसहरु को भनाई छ । यसअघि सिंगापुरले सन् २०१५ मा चीन र ताइवानका नेताका बीचमा एक सफल सम्मेलन सम्पन्न गरेका कारण उनीहरुको भनाई पनि स्वाभाविक लाग्दछ । 

ट्रम्प र किमका लागि आयोजना गरिएको सम्मलेनको समाचार सम्प्रेषणका लागिको विश्व भरीका झण्डै २५ सय मिडिया सिंगापुर पुगेका थिए । ती मध्ये अधिकांशले आफूहरु सिंगापुरसँग अत्यन्तै खुशी भएको प्रतिक्रिया दिएका छन् । अस्ट्रेलियाका चर्चित पत्रकार नील साइमनले सिंगापुर आफूमा राम्रो छाप बनाउन सफल भएको बताए । 

Global Ime bank

इण्डोनेशियाबाट पुगेका पत्रकारहरुको टोलीले सिंगापुर र सम्मेलनका लागि गरिएको व्यवस्थापन राम्रो रहेको बताए । यी प्रतिक्रियाहरुबाट सिंगापुरलाई ‘गुडविल’ सँगसँगै सम्मलेनको सफल आयोजनको लाभांशपनि पाएको स्पष्ट देखिएको छ । 

सिंगापुरले सम्मेलनबाट आफ्नो मुलुकले “लङ्ग टर्म बेनिफिट’ को आशा गरेको छ । इण्डियन च्याम्बर अफ कमर्श सिंगापुरका अध्यक्ष (भारतको तमिल समुदायका व्यापारी) टी चन्द्रुले भने, “हामीले सधै लङ्ग टर्म फाइदा हेर्ने गर्दछौं ।’’

सम्मेलनको सफलताको परिणाम सकारात्मक रहने उनको भनाई थियो । सम्मेलनकै कारण शान्ति र राजनीतिक स्थिरता मजबुद हुनुका साथै उत्तर कोरियाको अर्थव्यवस्थामा पुर्ननिर्माण भएर सिंगापुरलाई लाभ मिल्ने हुने अध्यक्ष चन्द्रुको बुझाई छ ।

सम्मेलन अगाडि सिंगापुरका प्रधानमन्त्री ली शियेन लुङ्गले डोनल्ड ट्रम्प र किम जोङ–उनको भेटवार्ताका लागि झण्डै २० मिलियन सिंगापुर डलर अर्थात डेढ सय  करोड रुपैयाँ भन्दा बढी खर्च गरिने बताएका थिए । 
https://www.bbc.com/hindi/india-44469176

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १, २०७५  ०५:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC