site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । भारतमा रहेका प्रवासी नेपालीले आफ्नो हक हितका लागि विगतका सरकारसँग भएका माग कार्यन्वयन गर्न भारत भ्रमणमा रहेका प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । प्रवासमा बस्ने नेपालीको सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक तथा राजनैतिक क्षेत्रको उत्थानको एवं संरक्षण तथा संबद्र्धनमा  देखा परेको समस्याबारे प्रधानम्नत्री दाहालको ध्यानकर्षण गराएको नेपाली जनसम्पर्क समिति भारतले जनाएको छ । 
नेपाली जनसम्पर्क समिति भारतले राखेका माग जस्ताको तस्तैः
१.प्रवास भारतमा अस्थायी रुपमा पेसामा लागेका नेपाली वा व्यापार व्यावसाय अन्य संस्थामा कार्यरत नेपालीहरुको बैंक तथा फाईनान्स संस्थामा खाता खोल्न निकै कठिनाई देखिएकाले नेपाली राजदूतावासबाट आवश्यक काजपत्र जारीगरी त्यसको आधारमा खाता खोल्न सक्ने व्यवस्था मिलाईने प्रवधान गरियोस् । 
२.दूरसञ्चारका सम्बन्धमा
३. अन्य देशहरु सरह लाग्ने शार्क मुलुकमा पनि निर्धारण गरि नेपाल–भारतबीचमा हुने फोन सेवा सोही बमोजिम साधारण निम्न शुल्क निर्धारण गर्न माग गर्दछौँ । 
४.महिला अपहरणकारी, तस्करी, नारी उत्पीडन, बलत्कार, चेलिबेटी बेचबिखन जस्तो कार्य गर्ने अपराधीलाई आवश्यक कारवाही तथा सजायको माग गर्दछौँ । 
५.नेपालबाट भारत तथा चीन सीमाहरुका प्रत्येक नाकामा सिसिटिभि जडान र प्रशासनमा सुधार गर्न माग गर्दछौँ । 
५.शिक्षालाई गुणस्तरिय बनाउन शिक्षा नीतिमा परिवर्तन गरी शिक्षक र कर्मचारी वर्गले राजनीति गर्न नपाउने व्यवस्था गरियोस् । 
६.देशका कृषकलाई माथि उठाउन कृषक बिमा योजना कृषी बिकास बैंक मार्फत् लागु गरियोस् । 
७.तराई क्षेत्रमा जथाभावी कृषी योग्य जमिन भूमाफियाहरुले खरिद बिक्री गर्ने काम रोक्कागरी सरकारले नीति बनाएर आवश्यकताको आधारमा त्यस्तो चिन्नीत गरि बसाउने काम गर्नका लागि माग गर्दछौँ । 
८.वन तथा जंगल फडानीगरी बस्ती बसाउने काम तत्काल रोक लगाउन माग गर्दछौँ । 
९.नेपालबाट सार्क मुलुकमा अध्ययनका लागि आउने नेपाली बिद्यार्थीहरुलाई सम्बन्धित देशको प्रचलित मुद्रामा फिस भुक्तान गरिनुपर्ने माग गर्दछौँ । 
१०.नेपालबाट चेलीबेटीलाई भारतबाट खाडी मुलुकमा पुर्याई बेच्ने कार्य बढ्दो भएको हुँदा तत्काल त्यस्तो दलालको पहिचान तथा कारवाही तथा चेलीहरुलाई चेतनाको प्रचार गर्ने ।
११.देशमा विद्यमान राजनीतिक गतिरोध तथा कालोबजारी, महंगी, भ्रष्टाचार अराजकता र अन्योलको अन्त्यगरी मधेशीको समस्यालाई समाधान गर्दै नयाँ संविधान कार्यन्वयनमा ल्याएर सिमाड्ढन र नामांकन विज्ञहरुबाट बैज्ञानिक तौर तरिकाले समाधान गर्दै राजनीतिक समस्याको निराकरण गरी नेपाली जनतालाई स्थायी शान्ति स्थापना गरियोस् । 
१२.विदेशमा रोजगारको रुपमा गएका नेपाली चेलीहरुले व्यक्तिगत स्वतन्त्रता र मानविय हक र अधिकार शोषणका विरुद्धमा आफ्नो मुलुकमा बसी कानुनी न्याय प्राप्तिको निम्ति अदालत अपील गर्ने न्यायको लागि लड्ने अधिकारको सुनिश्चितता गरिनुपर्ने माग गर्दछौँ । 
१३.भारतमा अध्ययन गर्ने स्टाफ नर्सलाई भारतीय नरसिङ काउन्सिलमा दर्ता गरिदैन जसको कारण उनीहरुले प्राक्टिकल गर्न पाउँदैनन् यसका लागि सम्मानजनक व्यवस्थाका लागि पहल गरियोस् ।  
१४. दूतावासमा दरबन्दी कटौती गरी २५–३० वर्ष कार्य गरेका कर्मचारीलाई कुनै प्रकारको अनुदान नदिइ नोकरीबाट पदमुक्त गराइएको छ । उनीहरुका उचित मागको सम्बोधन गरी उचित व्यवस्था मिलाइयोस् ।   
 
 
 
 
 
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७३  १५:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC