काठमाडौं । काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय, भृकुटी मण्डपको आयोजनामा विहिबार सिर्जना सम्बाद कार्यक्रम सम्पन्न भएको छ । हरेक महिनाको पहिलो विहिबार सम्पन्न हुँदै आएको सिर्जना सम्वादमा यस पटकक ढकाल, राधेश्यामको उपन्यास ‘सन्त्रास’ माथि अन्तरक्रिया गरियो ।
कार्यक्रमकी प्रमुख अतिथि साहित्यकार माया ठकुरीले ‘सन्त्रास’ उपन्यास माथि बोल्दै उपन्यासले हाम्रो विचार, भावना र संस्कारलाई प्रस्तुत गरेको बताइन । उनले उपन्यास आकर्षक भएपनि यसमा केही अस्वाभाविक प्रसंग रहेको उल्लेख गरिन ।
कार्यक्रमका संयोजक प्रा. डा. सनतकुमार वस्तीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै विगत डेढ वर्षदेखि यस कार्यक्रमका माध्यमबाट विभिन्न कृतिहरुमा माथि गहन छलफल गर्दै आएको बताए ।
तिर्थराज वन्तको सभापतित्वमा अनौपचारिकरुपमा सम्पन्न ‘सन्त्रास’ माथिको अन्तरक्रियामा निशा केसी, सरिता अर्याल, मुरारीविनोद पोखरेल, निराजन, डा. जीवन अधिकारी, मदनराज थापा, भक्तराज रञ्जीत, रमेश शुभेक्षुलगायतले पुस्तकका विषयमा बोलेका थिए ।