राजनीति

जेठ १५ अघि नै पार्टी एकता, बिहीबार मिति तोकिने 

जेठ १५ अघि नै पार्टी एकता, बिहीबार मिति तोकिने 

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादीबीच जेठ १५ अघि नै पार्टी एकताको तयारी भएको छ । मिति घोषणा भने बिहीबार बस्ने एकता संयोजन समितिको बैठकले गर्ने नेकपा एमालेका सचिव एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

नेकपा एमालेको स्थायी कमिटीको बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भएको छलफलका बारेमा जानकारी गराएका थिए ।

बैठकबाट बाहिरिने क्रममा सचिव ज्ञवालीले भने, “पार्टी एकता प्रक्रिया सकारात्मक दिशामा अघि बढेको छ । भजेठ १५ अघि नै पार्टी एकता हुन्छ । तयारी पनि सोहीअनुसार छ ।”

एमाले नेता केशव बडालले भने भोलिको बैठकले एकताको मिति तोक्ने बताए ।
 

तपाईंको मत