site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मृत्युपछि पनि शरीरभित्र वृद्धि भइरहन्छन् यी अंगहरु !
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

एजेन्सी । मृत्यु एउटा यस्तो रहस्य हो जसको बारेमा कसैलाई पनि राम्रो गरी थाहा छैन । मरेपछि हाम्रो आत्मा र जीवनको बारेमा विभिन्न किसिमका मान्यताहरु विद्यमान छन् । तथापि विज्ञानको दृष्टिमा मृत्युपछि पनि शरीरमा विभिन्न किसिमका परिवर्तन भैरहने भारतीय सञ्चारमाध्यममा प्रकाशित समाचारमा उल्लेख छ ।

भास्कर दैनिकमा प्रकाशित समाचारअनुसार मृत्युपछि मृत शरीरमा विभिन्न चीजहरु कसरी परिवर्तन भैराख्छ भन्ने उल्लेख छ ।

मृत्यु पछि बदलिन थाल्छ शरीरको रंग

KFC Island Ad
Dabur Nepal
NIC Asia

मृत्युपछि मृत शरीरको रंग तीव्र रुपमा परिवर्तन हुन थाल्छ । सबभन्दा पहिले रगतको प्रवाह रोकिएपछि शरीरको रंग नीलो हुन थाल्छ । यसपछि रगत पानीमा बदलिन थाल्दछ र शरीरको रंग पहेंलो हुन थाल्दछ । 

जीवित रहन्छ छालाको सेल
मृत्युपछि ब्लड सर्कुलेशन रोकिन्छ । यसबाट दिमागमा अक्सिजन पुग्दैन । यस्तोमा सबभन्दा पहिले मस्तिष्कले काम गर्न छोड्छ । तर यसो भएपनि छालाको कैयौं कोषले काम गरिरहन्छ । केही कोष केही दिनमा मर्दछ तर केही कोष केही दिन सम्म जीवित रहन सक्छ । 

Royal Enfield Island Ad

डाइजेस्टिव सिस्टम

हाम्रो शरीरभित्र कैयौं प्रकारको यस्ता सूक्ष्म जीव पाइन्छ जुन व्यक्ति मरेपछि पनि शरीरमा जीवित रहन्छ । जसमा पैरासाइटिक पनि हुन्छ जसले भोजनलाई डाइजेस्ट गर्न मद्दत गर्दछ । मृत्युपछि पनि यी जीवित रहेर कार्य गर्दछ जसबाट शरीरमा ग्याँस बन्दछ र मृत्युपछि शरीर फुल्न थाल्दछ । 

मूत्र उत्सर्जन
मृत्युपछि पनि शरीरबाट मूत्र उत्सर्जनको प्रक्रियाले काम गर्दछ किनकी ब्लड सर्कुलेशन रोकिँदा मसल्स कडा हुन थाल्दछ ।  

रौंको वृद्धि भएको देखिनु
कैयौं धर्मअनुसार मृत्युपछि शरीरलाई खाल्डो खनेर पुरिन्छ । प्राय जसो सुन्ने गरिन्छ कि शवको रौं पहिले भन्दा लामो भएको छ तर यो पूर्ण रुपमा साँचो होइन । रौं केही हदसम्म वृद्धि हुन्छ अरु छाला तानिएको कारणले लामो भएजस्तो लाग्दछ । 

नङ बढ्नु
मृत्युपछि नङको वृद्धिको घटना पनि सामुन्ने आएको छ । तर यो वृद्धि पनि शरीरको भित्र भएको परिवर्तनले नभएर रौं जस्तै छालाको तन्काईको कारणले बढेको जस्तो देखिएको हो । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २६, २०७५  ०५:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro