site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
किन चर्किँदैछ भारत र रूसको मित्रताको पर्खाल ?
Sarbottam CementSarbottam Cement

बीबीसी । अहिलेको समय सम्भवतः दक्षिण एशियाका दुई महत्वपूर्ण देश भारत र पाकिस्तानको मित्र राष्ट्र परिवर्तन गर्ने र पुराना मित्र राष्ट्रसँगको दूरी बढाउने हो ।  

रूस र भारतमा निकटताको एक समृद्ध इतिहास छ भने अर्को तर्फ पाकिस्तान र अमेरिकाको मित्रताको सम्बन्ध पनि छ । पछिल्लो १० वर्षमा वैश्विक स्तरमा कयौं उथल–पुथल आएका छन् । र यस क्रममा दुबै देशको मित्रहरु पनि स्पष्ट रुपले परिवर्तन भइरहेका देखिदैछ । 
यसै महिना ६ अप्रिलमा पाकिस्तानका रक्षा मनत्री खÞुर्रम दस्तगिर खानले रूसको सरकारी मीडिया स्पूतनिकसँग पाकिस्तानी सेनाले रूसबाट एसयू–३५ लडाकू विमान र टी–९० ट्यांक खरिद गर्ने योजना बनाएको बताएका छन् । 

खानको यो घोषणा पाकिस्तानको नीतिको ठिक विपरित थियो । यसअघि पाकिस्तानले एसयू–३५ खरिद गर्न अस्वीकार गरेको थियो । उनको यो घोषणाले  पाकिस्तान र रूस बीच गहिरो सम्बन्ध स्थापित हुँदै गरेको पुष्टि गर्दछ ।  

Prabhu Bank
Agni Group
NIC Asia

रूस र भारतको मित्रता र ऐतिहासिक अविश्वासका कारण पाकिस्तानसँग रूसको राम्रो सम्बन्धको सम्भावनाका बारेमा गम्भीरताका साथ कल्पना गर्न किन्थेन । तर अब पाकिस्तान र रूसबीच बढ्दो सुरक्षा सम्बन्धबाट दक्षिण एशियाको भूराजनीतिक वातावरण नयाँ र अहम कोल्टे फेर्दैछ । 

पाकिस्तान–रूसबीच मित्रताको सम्भावना
 

Global Ime bank

रूस र पाकिस्तानका बीचमा दुबै देशको व्यापक र साझा हितका लागि गहिरो मित्रताको सम्बन्ध छ । जुन आगामी दिनमा झनै मजबुत हुने सम्भावना रहेको छ ।

रूस र पाकिस्तानको मित्रताले स्थायित्व र भविष्यमा दुबै मुलुकको साझा चाहना हेरेको बताइन्छ । दुबै देशले दक्षिण एशियामा अमेरिकाको प्रभाव कम गरेर अफगानिस्तानमा युद्धको समाधान खोज्नका लागि साझा रणनीतिका माध्यमबाट काम गरिनु पर्ने चाहेका छन् ।

रूसी प्रधानमन्त्री मिखाइल फ्रादकोव पाकिस्तान भ्रमणमा गए पछि रूस र पाकिस्तानका बीचमा चिसिएको सम्बन्ध तात्न शुरु भएको थियो । सन् २०११ मा अमेरिका र पाकिस्तानको सम्बन्धमा बढेको अविश्वासले ऐतिहासिक रूपमै दुबैको मित्रता कमजोर बनाएको थियो । 
सन् २०११ मा नै अमेरिकाले पाकिस्तानमा ओसामा बिन लादेनलाई मारेको थियो । यस दौरानमा रूस र पाकिस्तान नजिक आए । दुबै देशमा अमेरिका विरोधी भावना थियो जसले दुबैलाई एक स्थानमा उभ्याउन भूमिका खेल्यो । 

पाकिस्तानले आफ्नो सैन्य आपूर्तिका लागि अमेरिकामाथि रहेको निर्भरता कम गर्न चाहेको छ । स्टकहोम इन्टरनेशनल पीस रिसर्च इन्स्टीट्यूटका अनुसार अमेरिका र पाकिस्तान बीचको हतियारको कारोबार एक अरब डलरबाट घटेर गत  वर्ष २.१ करोड डलरमा झरेको छ । 
https://www.bbc.com/hindi/india-43895048

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०७५  ०५:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC