एजेन्सी ।बलिउड अभिनेत्री सोनम कपूर कयौं दिनदेखि प्रेमी आनन्द आहूजाका साथ विवाहको खबरका कारण चर्चामा रहिन् । यो जोड़ीले उदयपुरमा नभएर स्विट्जÞरल्याण्डमा विवाह गर्न सक्ने पनि खबर सार्वजनिक भएको थियो । तर अव अभिनेत्री सोनम र उनका प्रेमी आनन्दको विवाहलाई लिएर नयाँ खुलासा भएको छ ।
सुत्रका अनुसार सोनम कपूर र आनन्द आहूजा ६ र ७ मे महीनामा मुम्बईमा नै विवाह गर्ने भएका छन् । कपूर परिवारले मुम्बईमा धुमधामका साथ विवाह गर्न चाहेको बताइएको छ । सोनम कपूरको परिवार र सोनमका नजिकका साथीहरुले विवाहको तयारी शुरु गरिसकेका छन् ।
अभिनेत्री सोनम कपूरको आगामी पिÞmल्म ‘वीरे दी वेडिंग’ मा चाँडै देखिने भएकी छिन् । त्यस्तै रणबीर कपूरको फिल्म ‘दत्त’ मा उनको महत्वपूर्ण भूमिका रहने पनि बताइएको छ ।