site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । खानेपानी मन्त्री बिना मगरले अब चाँडै नै मेलम्चीको खानेपानी काठमाडौं आइपुग्ने बताएकी छन् । मन्त्रालयले सिंहदरबारस्थित आफ्नो सभाकक्षमा मङ्गलबार मेलम्ची खानेपानीसम्बन्धी जानकारी दिन आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री मगरले यस्तो बताएकी हुन् ।

मेलम्ची नदीको खानेपानी काठमाडौंका उपभोक्ताका धारामा दशैंभित्रमा आइपुग्ने बताउँदै उनले जतिसक्दो चाँडो उपत्यकाबासीलाई खानेपानी खुवाउन आफ्नो मन्त्रालय प्रतिवद्ध रहेको समेत स्पष्ट पारिन् । 

Prabhu Bank
Agni Group
NIC Asia

मगर खानेपानी मन्त्रीमा नियुक्त हुँदा सिन्धु–ग्याल्थुम साढे ७ किमि सुरुङ खन्न बाँकी रहेको थियो । “यो दूरी पुरा गर्न मन्त्रालयले आयोजनालाई २५ दिनको समयसीमा दिएको थियो,” उनले भनिन् ,“तर आयोजनाले यो काम २१ दिनभित्र नै पुरा गरेर आयोजनाले आफ्नो कशल कार्यक्षमता देखाएको छ ।”

खानेपानी सचिव कृष्णराज बिसीले जटिल भौगोलिक कठिनाईलाई पार लगाउँदै र भुकम्प र नाकाबन्दीको सामना गर्दै आयोजनाले प्रशंसनिय काम गरेको बताए । 
“अहिले स्थिर सरकार छ, सक्रिय र क्रियाशील मन्त्री हुनुन्छ अब मन्त्रालयले गर्ने कुनै पनि काम तोकिएको समय अगावै पुरा हुनेछन्,” सचिव बिसीले बताए ।
उनले मेलम्ची आयोजनाले अब गर्ने सुरुङ फिनिसिङ, पाइपलाइन बिस्तार, धारा जडान र सुन्दरीजलको प्रशोधन केन्द्रको कामलाई तालिका बनाएर दैनिक अनुगमनका साथ काम गर्नुपर्ने बताए ।
मेलम्चीदेखि सुन्दरीजलसम्मको कुल साढे २७ किमि लामो सुरुङ ब्रेकथ्रु भइसकेको र यसको आधिकारिक घोषणा बुधबार गरिने मन्त्रालयले जनाएको छ । 
  

Global Ime bank

  


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २७, २०७४  १७:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement