site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
किम जोङ उन सधैं यही रेलबाट मात्रै किन किन यात्रा गर्छन् ?
Sarbottam CementSarbottam Cement

बीबीसी । कयौं दिनको अनुमानपछि उत्तर कोरियाली शासक किम जोङ उनले चीन भ्रमण गरेको पुष्टि भएको छ । चीन र उत्तर कोरिया दुबै मुलुकले किम जोङ उनले बेईजिङ भ्रमण गरेको पुष्टि गरेका हुन् । सन् २०११ पछि किमको यो पहिलो विदेश भ्रमण भएको बताइएको छ ।

तर यसअघि उनको चीन भ्रमणको पुष्टि हुनुभन्दा अगाडि नै हरियो डिब्बाले सजिएको एक रेल चीनमा प्रवेश गरेपछि त्यसमा सवार व्यक्ति उत्तर कोरियाको सबैभन्दा उच्च ओहोदाको नेता सवार रहेको अनुमान गरिएको थियो । 

समयको सदुपयोगका लागि विश्वका अधिकांश ठूला नेताहरु हवाई जहाज र हेलिकप्टरबाट यात्रा गरिरहँदा उत्तर कोरियामा उल्टो गंगा किन बग्दै आएको छ भन्ने आशंका विश्व समुदायमा देखिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

हवाई यात्रामा किन डर ?

किम जोङ उनका पिता किम जोङ इल पनि हवाई जहाजमा यात्रा गर्दैनथिए । उनी सन् २००२ मा तीन साता लामो रूस भ्रमणमा गएका बेला उनीसँगै रहेका एक रूसी अधिकारीले यो रेलका बारेमा जानकारी दिएका थिए । 

Global Ime bank

यो रेलमा विश्वकै सबैभन्दा महङ्गो वाइन र बारबीक्यूको व्यवस्था गरिएको हुन्थ्यो । रेलमा शानदार पार्टीको आयोजन गरिन्थ्यो । किम जोङ इलले यो रेलबाट झण्डै १०–१२ पटक भ्रमण गरेका थिए । जसमध्ये अधिकांश जसो भ्रमणहरु चीनमा गरिएको थियो । 

सिनियर किम लामो दूरीका यात्राहरुमा पनि रेलको प्रयोग गर्ने गर्दथे । उनी सन् १९८४ मा यही रेलमा सवार भएर पूर्वी यूरोप गएका थिए । उनको मृत्यु पनि रेलमै हार्ट अट्याकका कारण भएको थियो । 

तर किम जोङ उन र उनका पिता सवार भइसकेको ट्रेन कुनै साधारण ट्रेन भने होइन । न्यूयोर्क टाइम्सका अनुसार बेईजिङमा देखिएको यो रेलमा २१ कोच थिए । र ती सबैको रंग हरियो थियो । जसका झ्यालहरुमा ‘टिन्टेड ग्लास’ लगाइएका कारण बाहिरबाट भित्र बसेका व्यक्तिहरु देख्न सकिँदैथ्यो ।

यसका हरेक डिब्बाहरु बुलेट प्रुफ र सामान्य रेल कोचको तुलनामा कयौं गुणा बढी ठूला हुन्छन् । अनुमानअनुसार यसको अधिकतम गति ३७ माईल प्रति घण्टासम्म रहेको छ ।
https://www.bbc.com/hindi/international-43565955

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १५, २०७४  ०५:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !