देश
काठमाडौं । स्वरुप परिवर्तन गरी चर्को आवाजमा गुडिरहेका एक सय दशवटा बुलेट मोटरसाइकल ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले स्वरुप परिवर्तन गर्ने र ठूलो आवाज बनाएर गुडाउने मोटरसाइकल नियन्त्रणमा लिएको हो ।
महाशाखाका डिआइजी सर्वेन्द्र खनालले चर्को आवाज निकाल्ने र कोलाहल मच्चाउने वाइकलाई नियन्त्रणमा लिइएको बताए । महाशाखाको यो अभियान निरन्तर जारी रहने उनले बताए । महाशाखाले मोटरसाइकलको स्वरुप परिवर्तन गरेर सवारी चलाउनेलाई तीन हजारदेखि पाँच हजार रूपैयाँसम्म जरिवाना गर्दै आएको छ । डिआइजी खनालका अनुसार स्वरुप परिवर्तन गरिएका मोटरसाइकललाई आवाज ननिकाल्ने गरी मर्मत गर्ने र त्यसपछि छाडिनेछ ।
प्रकाशित मिति: सोमबार, चैत ५, २०७४ १३:१२
प्रतिक्रिया दिनुहोस्