site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
त्रिभुवन आर्मी क्लब झापा गोल्डकप च्याम्पियन
Sarbottam CementSarbottam Cement

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले तेस्रो संस्करणको रमपम झापा गोल्डकप फुटबलको उपाधि जितेको छ । सोमबार भएको फाइनलमा घरेलु टोली झापा ११ लाई सडन डेथमा ८ – ७ ले हराउदै आर्मीले उपाधि जितेको हो ।

योसँगै आर्मीले बर्षको सातौं उपाधि जित्न सफल भयो ।उपाधिसँगै झापाले १२ लाख ५१ हजार प्राप्त गरेको छ । उपविजेता बनेको झापाले ६ लाखमा चित्त बुझायो । प्रतियोगितामा झापाका योगेश गुरुङ मोस्ट भ्यालुएबल खेलाडी बन्दै यामाहा मोटरसाइकल प्राप्त गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

बिर्तामोडस्थित डोमलाल रंगशालामा निर्धारित ९० मिनेट र थप गरिएको समयमा १ – १ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी सुटआउटमा ३ – ३ गोलको बराबरी भएपछि खेल सडन डेथमा गएको थियो ।

पेनाल्टी सुट आउटमा आर्मीका नवयुग श्रेष्ठ, दिपक गुरुङ र विकेश कुथुले गोल गरे । तर जितेन्द्र कार्की र सन्तोष तामाङको प्रहार झापाका किपर किशोर गिरीले बचाएका थिए । झापाका कर्ण लिम्बुको प्रहार आर्मीका किपर विकेशले बचाउदा सुमिन मैनालीले पोस्ट बाहिर प्रहार गरेका थिए । तर, भुषण लिम्बु, कप्तान योगेश गुरुङ र देवेन्द्र तामाङले गोल गर्दै झापालाई सडन डेथसम्मको यात्रा तय गराए ।

Global Ime bank

तर, सडन डेथमा झापाका किपर किशोर गिरीको प्रहार आर्मीका किपर विकेश कुथुले बचाएपछि आर्मीले सातौं उपाधि जितेको हो । सडन डेथमा आर्मीका दिप लामा, विकास तामाङ, भरत खवास, सुमन अर्याल र टंक बस्नेतले गोल गरे । झापाका विश्वास श्रेष्ठ, पुजन उपरकोटी, विकास बुढाथोकी र दिलेन लोक्तानले गोल गरेका थिए ।

त्यसअघि खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा झापाले सुरुवाती अग्रता लिएको थियो ।  खेलको ४९ औं मिनेटमा कर्ण लिम्बुले गोल गर्दै झापालाई अग्रता दिलाए । तर, खेलको ७८ औं मिनेटमा भरत खवासले गोल गर्दै खेल १ – १ गोलको बराबरीमा ल्याएका थिए ।  

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २८, २०७४  १८:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC