site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
थ्री स्टारलाई हराउँदै झापा ११ सेमिफाइनलमा
Siddhartha BankSiddhartha Bank

काठमाडौं । घरेलु टोली झापा ११ तेस्रो रमपम झापा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो सेमिफाइनलमा रुस्लान थ्री स्टार क्लबलाई पेनाल्टी सुटआउटमा ४ – ३ ले हराउदै झापा उपाधि नजिक पुगेको हो  ।

बिर्तामोडस्थित डोमलाल रंगशालामा निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टी सुटआउटमा झापाका कर्ण लिम्बु, भुषण सुब्बा, योगेश गुरुङ र देवेन्द्र तामाङ्गले गोल गरेका थिए । झापाका विश्वास श्रेष्ठको प्रहार थ्री स्टारका किपर एलेन न्यौपानेले बचाएका थिए  ।

Prabhu Bank
Agni Group
NIC Asia

यता, थ्री स्टारका रजीन धिमाल, निराजन खड्का र विजय धिमालले गोल गरेका थिए । तर, बुद्ध चेम्जोङको प्रहार बाहिरिदा र सुनील बलको प्रहार झापाका किशोर गिरीले बचाएपछि थ्री स्टार प्रतियोगिताबाट बाहिरिएको छ ।

अब झापाले उपाधिको लागि त्रिभुवन आर्मी क्लब र मनाङ मर्स्याङ्दी क्लबबिचको बिजेतासँग खेल्ने छ  । आर्मी र मनाङबीचको दोस्रो सेमिफाइनल खेल शनिबार हुनेछ । प्रतियोगिताको बिजेताले १२ लाख ५१ हजार प्राप्त गर्ने छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०७४  १७:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement