site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
म्यानचेस्टर सिटीले जित्यो सिजनको पहिलो उपाधि ‘काराबाओ कप’
Sarbottam CementSarbottam Cement

एजेन्सी । म्यानचेस्टर सिटीले इंग्लिश फुटबल लिग कप (काराबाओ) कप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा आर्सनललाई ३–० ले हराउँदै काराबाओ कपको उपाधि जितेको हो ।

सिटीलाई उपाधि दिलाउन सर्जियो अग्युरो, भिसेन्ट कोम्पानी र डेभिड सिल्भाले समान एक एक गोल गरे । योसँगै सिटीले सिजनको पहिलो उपाधि जितेको छ । प्रिमियर लिगको उपाधि होड बलियो बनाएको सिटीले यो पाँचौ पटक काराबाओ कपको उपाधि जितेको हो । सिटी आएपछि प्रशिक्षक पेपे ग्वार्डीवलाको यो पहिलो उपाधि हो । 

Prabhu Bank
Agni Group
NIC Asia

वेम्बलीमा भएको फाइनलमा सिटीले खेलको १३ औं मिनेटमा अग्युरोको गोलबाट सुरुवाती अग्रता बनाएको थियो । पहिलो हाफमा १ – ० ले अघि रहेको सिटीले दोस्रो हाफमा थप दुई गोल गर्यो ।

खेलको ५८ औं मिनेटमा कम्पोनीले गोल गर्दै सिटीलाई २ – ० को अग्रता दिलाए । त्यसपछि खेलको ६५ औं मिनेटमा सिल्भाले गोल गरेपछि सिटीले ३ – ० को जित निकाल्दै सिजनको पहिलो उपाधि घर भित्रायो ।

Global Ime bank

यता, आर्सनलले केहि गोलको अवसर खेर फाल्दा फाइनलमा सिटीलाई नतिजा सुम्पन बाध्य भएको हो । आर्सनलले सिटीविरुद्ध गोल गर्ने ३ पटक उत्कृष्ट प्रयास गरेको थियो । तर, आर्सनल त्यसमा सफल हुन् सकेन र फाइनलमा पराजित हुन् पुग्यो । योसँगै काराबाओ कपको ८ औं पटक फाइनल पुगेको आर्सनल फाइनलमा छैटौं पटक पराजित भएको हो ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १४, २०७४  ०७:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC