site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
विश्वकप छनोटमा नेपालको लक्ष्य ‘सुपर सिक्स’
Sarbottam CementSarbottam Cement

काठमाडौं । जिम्बाबेमा हुने आइसीसी विश्वकप छनोट क्रिकेटमा नेपालले शीर्ष ६ भित्र पर्ने लक्ष्य लिएको छ । प्रतियोगिताको ‘सुपर सिक्स’मा पुग्ने लक्ष्य लिएको नेपाली क्रिकेट टोली शनिबार अफ्रिकी भूमि जिम्बाबे प्रस्थान गर्दैछ ।

जिम्बाबे जाने १५ सदस्सीय खेलाडीसहितको नेपाली टोलीलाई शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले बिदाई गरेका थिए  । बिदाईसँगै प्रधानमन्त्री ओलीले विश्वकप छनोटमा पुगेको नेपाली टोलीलाई नगदसहित सम्मानित गरेको थियो ।

बिदाईपछि नेपाली टोलीका कप्तान पारस खड्काले प्रतियोगिता सजिलो नरहेको तर नेपालले ‘सुपर सिक्स’ मा पुग्ने लक्ष्य रहेको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

कप्तान पारसले भने, “विश्वकपमा मात्र दुई टिम छनोट हुन्छ, हामीलाई सजिलो छैन ।  त्यसैले हाम्रो पहिलो लक्ष्य भनेको सुपर सिक्समा पुग्ने हो ।  सुपर सिक्समा पुगेपछि हामी विश्वकप छनोटको सपना देख्छौँ ।”

नामिबियामा गत साता सम्पन्न आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु क्रिकेटको उपविजेता बन्दै विश्वकपमा छनोट भएको हो । छनोटको शीर्ष स्थानमा रहँदै विश्वकप छनोटमा पुगेको नेपाल फाइनलमा भने युएईसँग पराजित भएको थियो ।

Global Ime bank

विश्वकप छनोटमा नेपालको समूह समूह बी मा आयोजक जिम्बाबेसँगै, अफगानिस्तान, स्कटल्याण्ड र हङकङ जस्ता बलियो टोली रहेका छन् । तर, कप्तान पारसले नामिबियामा नेपालले गरेको प्रदर्शनले खेलाडीमा आश जगाएको बताउँदै राम्रो क्रिकेट खेले लक्ष्यमा पुग्न गाह्रो नहुने बताए ।

“हामीले नामिबियामा राम्रो क्रिकेट खेल्यौँ, हामी त्यसलाई निरन्तरता दिन चाहन्छौं,” कप्तान पारसले थपे, “हामीले अफगानिस्तान, हङकङ जस्ता राष्ट्रलाई यसअघि पनि हराइसकेका छौ । त्यसैले हामीले राम्रो क्रिकेट खेल्नुपर्यो । हामीसँग सम्भावना धेरै छ ।” 

यस्तै कप्तान पारस खड्काले पछिल्लो समय नेपाली टोलीमा माथिल्लो तहको क्रिकेट खेलेको अनुभव रहेको बताउँदै नेपालसँग राम्रो टिमलाई चुनौती दिन सक्ने क्षमता रहेको बताए ।

आगामी मार्च १ बाट सुरु हुने विश्वकप छनोटमा नेपाल युवा खेलाडीको प्रदर्शनमा भर पर्ने देखिन्छ । डिभिजन टु क्रिकेटमा पनि नेपालका युवा टोलीले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

आइसीसीले निकालेको तथ्यांकअनुसार विश्वकप छनोट खेल्ने १० राष्ट्रमध्ये नेपाल सबैभन्दा युवा टोली हो । १५ सदस्यीय नेपाली टोलीको औसत उमेर २४ वर्ष १ महिना रहेको आइसीसीले जनाएको छ । विश्वकप छनोटमा खेल्ने ६ युवा खेलाडीमध्ये ५ जना नेपालकै रहेका छन् ।

प्रतियोगितामा नेपाल युवा खेलाडीसँगै सिनियर खेलाडीले मिश्रित रहेको कारण नै सन्तुलित टिम रहेको कारण नेपालले सुपर सिक्सको लक्ष्य लिएको मुख्य प्रशिक्षक जगत टमटाले बताए । “हाम्रो मुख्य लक्ष्य भनेको सुपर सिक्स हो । पहिलो लक्ष्य त्यहि हो हाम्रो,” प्रशिक्षक टमटाले भने, “हामी पछिल्लो केहि महिनाबाट निरन्तर क्रिकेट  खेलिरहेका छौँ । हामीसँग चुनौती छ । तर, हामीसँग मिश्रण टिम छ, अण्डर नाइन्टिन र सिनियर खेलाडीको तालमेल एकदमै राम्रो छ । जसको कारण पफर्मेन्स पनि भैरहेको छ ।”

नेपालले मार्च ४ मा जिम्बाबेसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यस्तै नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग मार्च ८ मा खेल्नेछ । त्यसपछि नेपालले १० मार्चमा अफगानिस्तान र हङकङसँग मार्च १२ मा खेल्नेछ ।

प्रतियोगिता अघि नेपालले युएई र हङकङसँग दुई अभ्यास खेल खेल्नेछ ।
 
विश्वकप छनोट खेल्ने नेपाली टोली :
पारस खड्का (कप्तान)
ज्ञानेन्द्र मल्ल
शक्ति गौचन
बसन्त रेग्मी
शरद भेषावकर
सोमपाल कामी
करण केसी
आरिफ शेख
सन्दीप लामिछाने
दीपेन्द्रसिंह ऐरी
दिलीप नाथ
ललित भण्डारी
अनिलकुमार साह
रोहितकुमार पौडेल
ललितनारायण राजवंशी

वैकल्पिक :

सुनिल धमला
किशोर महतो
सिद्धान्त लोहनी
बिनोद भण्डारी
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०७४  १९:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC