site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनल समीकरण पूरा
Sarbottam CementSarbottam Cement

धनगढी । धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाईनल समिकरण पूरा भएको छ । शुक्रबार भएको खेलमा पूर्वाञ्चल र मध्यमाञ्चल जित हात पार्दै सेमिफाइनलमा प्रवेश गरेसँगै समिकरण पूरा भएको हो ।

पहिलो खेलमा पूर्वाञ्चलले मध्यपश्चिमाञ्चलमाथि ९८ रनको सानदार जित हात पार्दै सेमिफाइनलमा प्रवेश गरेको हो । नेपाली टोलीकी कप्तानसमेत रहेकी पूर्वाञ्चलकी कप्तान रुविना क्षेत्रीको उत्कृष्ट प्रदर्शनले पूर्वाञ्चलले मध्यपश्चिमाञ्चल विरुद्ध फराकिलो जित दर्ता गर्दै समूह उपविजेता वन्दै सेमिफाइनल पुग्न सफल भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

टस जितेर व्याटिङ गरेको पूर्वाञ्चलले पूरै २० ओभर खेल्दै ५ विकेटको क्षतिमा १ सय ३४ रन बनाएको थियो । पूर्वाञ्चलका लागि काजोल श्रेष्ठले ४२, कप्तान रुविना क्षेत्रीले ४१ र रोमा थापाले २५ रनको योगदान बनाए । मध्यपश्चिमाञ्चलकी अनुपमा गिरी, नेरी थापा, साया बस्नेतले समान १-१ विकेट लिए ।

१ सय ३५ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको मध्यपश्चिमाञ्चलले १९ ओभरमा सबै विकेट गुमाउँदै ३६ रनमात्रै बनाउन सक्यो । मध्यपश्चिमालका कुनै पनि खेलाडीले दोहोरो अंक बटुल्न सकेनन् । त्यस्तै, ४ खेलाडीले खातासमेत खोल्न सकेनन् । मध्यपश्चिमाञ्चलका लागि सिता मगरले ६ तथा शान्ति खत्री र श्रृष्टी डाँगीले समान ४–४ रन बनाए । मध्यपश्चिमाञ्चललाई सस्तैमा समेट्ने क्रममा पूर्वाञ्चलकी कप्तान रुवीना क्षेत्री, अनुपमा चौधरी र संगम तामाङले समान २-२ विकेट लिए ।

Global Ime bank

शुक्रवार नै भएको दोश्रो खेलमा मध्यमाञ्चल सुदूरपश्चिममाथि १२ रनको जित निकाल्दै समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । टस जितेर व्याटिङ गरेको मध्यमाञ्चलले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५ रन बनायो । मध्यमाञ्चलका लागि सिता श्रेष्ठले २३, अस्मीता खरेलले २२ तथा रोशनी बोहरा र कप्तान आरती विराडीले १४–१४ रनको योगदान दिए ।

१ सय ६ रनको मध्यम लक्ष्यसहित मैदान उत्रिएको घरेलु टोली सुदूरपश्चिमले उत्कृष्ट सुरुवातका बाबजुत हार व्यहोर्नपरेको हो । सुदूरपश्चिमलले २० ओभरमा ३ विकेटको क्षतिमा ९३ रनमात्रै बनाउन सक्यो । सुदूरपश्चिमका लागि सुरुवाती खेलाडी कविता कुँवर र कप्तान मञ्जु वोगटीले ३६ रनको साझेदारी गरे ।

शनिबार हुने सेमिफाईनलमा समूह ए को विजेता बनेको मध्यमाञ्चलले समूह वि को उपविजेता पूर्वाञ्चलसँग फाईनलका लागि प्रतिस्पर्धा गर्नेछ । समूह ए को उपविजेता सुदूरपश्चिमलले समूह वी को विजेता विभागीय टोली एपीएफसँग फाईनल प्रवेशका लागि खेल्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०७४  १८:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय