site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
यस्तो देखियो सन्तपुर नमुना बस्ती, राष्ट्रपतिद्वारा हस्तान्तरण
Sarbottam CementSarbottam Cement

रौतहट । धुर्मुस–सुन्तली फाउण्डेसनद्वारा निर्मित सन्तपुर एकीकृत नमुना बस्ती हस्तान्तरणका लागि तयार भएको छ । कलाकार सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीको पहलमा रौतहटको चन्द्रपुर नगरपालिका वडा नं ८ सन्तपुरमा बाढीपीडित दलित परिवारका लागि बस्ती निर्माण गरिएको हो । सुविधासम्पन्न ४७ वटा घर आज राष्ट्रपति विद्यादेवी भण्डारीले हस्तान्तरण गरेकी छन् ।  राष्ट्रपतिले बस्तीका सत्यनारायण माझीलाई चावी हस्तान्तरण गरेकी थिइन् ।

गत असोज ४ गते शिलान्यास गरिएको सो नमूना बस्तीमा सामुदायिक भवन, मन्दिर, क्लबघर, भ्यू टावर समेत निर्माण भएका छन् । गत साउनमा आएको बाढीले सो गाउँका दलित परिवारको घर डुबानमा परेपछि धुर्मुस–सुन्तलीको पहलमा सुविधा सम्पन्न घर बनाइएको हो । करिब पाँच करोड ९६ लाखको लागतमा निर्माण भएको सो बस्ती कलाकार धुर्मुस दिनरात आफैँ खटेर काम गर्दै आएका थिए । 

यो एकीकृत नमूना बस्ती अपांगतामैत्री, बालमैत्री, वातावरणमैत्री संरचनाअनुसार निर्माण भएको फाउण्डेशनका अध्यक्ष तथा कलाकार धुर्मसले बताए । धुर्मुस–सुन्तली फाउण्डेशनको यो चौथो परियोजना हो ।

Prabhu Bank
Agni Group
NIC Asia

 

\"\"

Global Ime bank

 

\"\"

 

\"\"

 

\"\"

 

\"\"

 

\"\"

 

\"\"

 

\"\"

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २३, २०७४  ११:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय