site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
यस्तो छ सामसुङ ग्यालेक्सी जेसेवेन एनएक्स्टी 
Sarbottam CementSarbottam Cement

काठमाडौं ।सामसुङले नेपाली बजारमा ग्यालेक्सी जे सेवेन एनएक्स्टी सार्वजनिक गरेको छ । सार्वजनिक नयाँ फोनमा जीवन्त दृश्यानुभुतिका लागि ५.५ ईञ्चको एचडी एसएमोलेड स्क्रिनको प्रयोग गरिएको छ । 

क्षमता  

Prabhu Bank
Agni Group
NIC Asia

ग्यालेक्सी जेसेवेन एनएक्स्टीमा सहज परिचालन अनुभवका लागि शक्तिशाली एक्जिनोस ओक्टा कोर प्रोेशेसर १.६ जीएचजेड प्रोसेसरको प्रयोग गरिएको छ । यसमा रहेको अत्यधुनिक अक्टाकोर प्रोसेसर र ३ जीबी ¥यामले डाउनलोड गर्न, गेम खेल्न, एकबाट अर्को एप्समा स्विच गर्ने लगायत कार्य सहजरुपमा गर्न सघाउने कम्पनीले जनाएको छ । फोनमा आन्तरिक सञ्चय क्षमताका लागि ३२ जीबी क्षमताको रोम उपलब्ध गरिएको छ । प्रयोगकर्ताले आवश्यकता पर्दा आफ्नो ईच्छा अनुसार एसडी कार्डको माध्यमबाट यसलाई २ सय ५६ जीबी सम्म बढाउन सक्छन् । 

फोनमा कम्पनीले सेल्फी तथा रियर सटमा उत्कृष्टताका लागि दूईवटा क्यामेरा जडान गरेको छ । रियर सटका लागि फोनमा एफ १.९ एपर्चरसहितको १३ मेगापिक्सेल क्षमताको क्यामेरा उपलब्ध गरिएको छ । त्यसैगरी, सेल्फीका लागि एफ २.२ एपर्चर सहितको ५ मेगापिकसेल क्षमताको क्यामेरा जडान गरिएको छ । 

Global Ime bank

फ्रण्ट क्यामेरामा अँध्यारोमासमेत उत्कृष्ट सट लिन सकियोस् भन्ने सोचका साथ एलइडी फ्ल्यासको समेत ब्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

फोनको प्रयोग दिनभर गर्नुपर्दा ब्याट्रीका कारण उत्पन्न हुन सक्ने समस्यालाई विशेष दृष्टिगत गर्दै कम्पनीले फोनमा ३ हजार एमएएच क्षमताको शक्तिशाली रिमुभेवल ब्याट्रीको प्रयोग गरिएको जनाएको छ । 

कम्पनीका अनुसार फोनमा प्रयोग गरिएको ब्याट्रीले १३ घण्टा सम्म निरन्तर ईन्टरनेट प्रयोग (वाईफाई), १७ घण्टा सम्म भिडियो प्लेब्याक, ८० घण्टा सम्म अडियो प्लेब्याक र २१ घण्टा सम्मको टक टाइम दिने क्षमता राख्छ ।

यसको मूल्य रु. २१ हजार ९ सय ९० निर्धारण गरिएको ग्लालेक्सी जेसेवेन एनएक्स्टी कम्पनीले सिल्भर, गोल्ड र ब्ल्याक गरी तीन भिन्न रंगमा सार्वजनिक गरेको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १७, २०७४  ०१:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय