site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । ३ नम्बर प्रदेशको प्रदेश सभा सचिवालय स्थापना गरिएको छ । प्रदेश नम्बर ३ को अस्थायी मुकाम हेटौंडास्थित मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयको भवनमा सचिवालय स्थापना गरिएको हो । 

आईतबार प्रदेशसभा सदस्यको सपथ ग्रहण समारोह आयोजना हुने भएपछि शनिवार प्रदेशसभा सचिवालय स्थापना गरिएको छ । प्रत्यक्ष र समानुपातिक तर्फबाट निर्वाचित १ सय १० सांसदहरुलाई तीन नम्बर प्रदेश प्रमुख अनुराधा कोइरालाले सपथ खुवाउने कार्यक्रम तय भएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

मध्यक्षेत्रीय प्रशासन कार्यालय भवनलाई प्रदेश प्रमुखको कार्यालयको रुपमा स्थापना गरिएको छ । प्रदेश प्रमुखको कार्यकक्ष र निवास व्यवस्था भईसकेको छ । 

प्रदेश सभाको बैठकमा सहभागी हुन आउने सांसदहरुलाई हेटौंडामा स्वागतको समेत तयारी भएको छ । 

Global Ime bank

जिल्ला समन्वय समितिको पहलमा शनिवार बसेको बैठकले सांसदहरुलाई बैठक स्थलसम्म ल्याउने, लैजाने, खाना खुवाउने र बिश्राम गराउने व्यवस्था गरेको छ । 

स्थानीय सामाजिक संघसंस्था, हेटौंडा उपमहानगरपालिका, होटल एशोशियशन मकवानपुर, नारायणी यातायात व्यवसायी संघ, मकवानपुर उद्योग वाणिज्य संघ लगायतका सामाजिक संघसंस्थाको समन्वयमा स्वागतको तयारी भएको हो ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ ६, २०७४  १६:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC