site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Siddhartha BankSiddhartha Bank
Agni Group
NIC Asia
Global Ime bank

भक्तपुर (रासस) । भक्तपुर नगरपालिकाका जनप्रतिनिधि सरसफाइ अभियानमा जुटेका छन् । 
नगरलाई सफा, स्वच्छ र सुन्दर बनाउने अभियानअन्तर्गत नगरपालिका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा सम्पूर्ण जनप्रतिनिधि तथा नगरपालिकाका कर्मचारी स्थानीय जनताको सहभागितामा सरसफाइ अभियानमा जुटेका हुन् । 
प्रमुख प्रजापतिले विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर संसारकै सम्पत्ति भएकाले यसलाई सफा र सुन्दर बनाउनु हाम्रो सभ्यताको चिह्न भएको बताउँदै अब यसलाई शिक्षा, स्वास्थ्यको पनि गन्तव्यस्थल बनाउन लागिएको बताए । “नेपाल भ्रमणमा आउने हरेक पर्यटकलाई भक्तपुरमा बोलाउने वातावरण सिर्जना गरौँ”, उनले भने । 
वातावरण समितिका संयोजक एवं भनपा–९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले कुहिने र नकुहिने फोहर घर घरबाटै छुट्याउन सके फोहरमैला समस्या क्रमशः समाधान हुँदै जाने विश्वास व्यक्त गरे । अभियानसँगै नगरपालिकाले नगरका मुख्य बजारको दायाँबायाँका पसल, व्यवसाय र घरबाट दिन मिलाएर कुहिने र नकुहिने फोहर संकलन गर्ने कार्यसमेत शुरु गरिसकेको छ । हरेक दिन ट्राइसाइकल र गाडीले मध्याह्न १२ देखि अपराह्न ४ बजेसम्म बजारको फोहर संकलन गर्न तथा त्यस समयबाहेक बिहान, बेलुका र राति फोहर जथाभावी नफाल्न आग्रह गरिएको छ । नगरको मुख्य बजारमा आइतबार, मंगलबार र बिहीबार नकुहिने फोहोर तथा सोमबार, बुधबार, शुक्रबार र शनिबार कुहिने फोहर मात्रै संकलन गरिने नगरपालिका स्यानिटेशन शाखा प्रमुख दिलीप सुवालले बताए । 
उनले पसल, व्यवसाय र घरबाट निस्किने फोहर व्यवस्थित गर्न नगरवासीलाई आग्रह गर्दै पटक पटक सम्झाउँदा पनि अटेर गर्नेलाई स्थानीय सरकार सञ्चालन ऐनअनुसार कारवाही गरिने चेतावनी दिए । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १६, २०७४  १४:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu