ad

साहित्य र कला

खलिल जिब्रानका दुई लघुकथा

(१) अँध्यारो नगरी

राजमहलमा रात्रिभोज थियो एउटा मान्छे त्यहाँ आयो राजालाई दण्डवत् गरेर लम्पसार पर्‍यो भोजमा आएका सबैले उसलाई हेर्न थाले उसको आँखा निकालिएको थियो त्यहाँबाट रगत बगिरहेको थियो

राजाले उसलाई सोधे, "तिम्रो यो अवस्था कसरी भयो ?"

उसले भन्यो, "महाराज ! पेसाले एक चोर हुँ औंसीको राति एक धनी पसलेकहाँ चोरी गर्न गएँ झ्यालबाट भित्र जाने हुँदा झुक्किएर दर्जीको पसलमा पसेछु अँध्यारोमा त्यहाँको चर्खामा ठोक्किन पुगेँ मेरो आँखा निस्कियो अब, हे महाराज ! त्यो दर्जीबाट मलाई न्याय दिलाई पाऊँ "

राजाले दर्जीलाई बोलाएर ल्याउन सिपाहीलाई आदेश दिए आयो उसको आँखा झिक्ने निर्णय सुनाइयो

"हे, महाराज !" जुलाहाले भन्यो, "तपाईंले एकदमै उचित न्याय सुनाउनुभयो मेरो आँखा निकाल्नै पर्ने हो तर दु:खका साथ मैले के निवेदन गर्नैपर्छ भने कपडा बुन्दा मैले दुवैतिर हेर्नुपर्छ यसकारण मलाई दुवै आँखाको खाँचो तर, एउटा आँखा जसरी भए पनि चाहिएको मेरो छिमेकमा एउटा मोची (जुत्ता सिलाउने) बस्छ उसका पनि दुइटा आँखा छन् उसको पेसालाई दुइटा आँखाको खाँचो पनि पर्दैन "

राजाले मोचीलाई बोलाउन सिपाही पठाए आयो उसको एउटा आँखा निकालियो

न्याय सम्पन्न भयो

(अनु : मनोज न्यौपाने)

 

(२) बज्रपात

तुफानी दिन थियो । एकजना महिला गिरजाघरमा पादरीसम्मुख आएर भनिन्, " इसाई होइन, के मेरा लागि जीवनका नारकीय यातनाबाट मुक्ति पाउने कुनै उपाय होला ?"

पादरीले ती महिलातिर हेरेर उत्तर दिए, "छैन, मुक्तिको मार्गका विषयमा तिनलाई मात्र बताउन सक्छु, जसले विधिवत् इसाई धर्मको दीक्षा लिएका छन् ।"

पादरीका मुखबाट यी शब्द निस्कनेबित्तिकै ठूलो स्वरमा बिजुली चम्कियो पूरै क्षेत्र आगोको ज्वालामा होमियो । नगरवासीहरू कुद्दै आए महिलालाई उद्धार गरे त्यतिन्जेल पादरीलाई अग्निले निलिसकेको थियो ।

(अनुवादः कुमुद अधिकारी)

तपाईंको मत