site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डोटी पुगेर देउवाले दोहोर्‍याए– कम्युनिष्टले जिते तानाशाही आउँछ
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
KFC Island Ad
Dabur Nepal
NIC Asia
Royal Enfield Island Ad

धनगढी । दोस्रो चरणको निर्वाचनको मिति नजिकिएका बेला प्रधानमन्त्री शेरवहादुर देउवा प्रदेश नम्वर ७ मा आएका छन् । पत्र लेखेर डडेल्धुराका मतदातालाई मत मागिरहेका देउवाले शुक्रबार डोटी र र अछामका सभालाई सम्वोधन गरे । 
बिहान श्री एयरलाईन्सको हेलिकोप्टरबाट धनगढी पुगेका देउवाले निर्वाचनको सुरक्षा व्यवस्था मजबुद पारिएको बताए । धनगढी बिमानस्थलमा संवाददाताहरुसँग कुराकानी गर्दै उनले निर्वाचनको सुरक्षा व्यवस्था अत्यन्तै मजबुत पारिएको पनि बताए । उनले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने दाबी गरे । 
विमानस्थलवाट धनगढीको होटलमा आराम र कार्यकर्ताहरुसँग भेटघाट गरेपछि देउवाले डोटी गएर वोक्टान क्षेत्रमा भएको आम सभालाई सम्वोधन गरे । देउवाले त्यहाँ फाष्ट ट्रयाक बनाउने र बहुमुखी क्याम्पस स्थापना गरिने आश्वासन दिए । कांग्रेसले जितेमा प्रधामन्त्रीलाई गाली गर्न पाउने अधिकार पनि जनतामा सुरक्षित हुने भन्दै देउवाले कम्यूनिष्टले जिते तानाशाह लागु हुने आरोप लगाए । 
अछामका विभिन्न स्थानमा भएका भएका चुनावी सभालाई सम्वोधन गर्दै देउवाले लोकतन्त्रको संस्थागत विकासलाई कसैले खोस्न नसक्ने बताए । उनले नेपाली कांग्रेस अछाम क्षेत्र नम्बर १ ले साँफेबगरमा र क्षेत्र नम्बर २ ले सदरमुकाम मंगलसेनमा आयोजना गरेको छुट्टाछट्टै चुनावी सभालाई सम्बोधन गरे । 
डोटी र अछामका आमसभालाई सम्वोधन गरी प्रधानमन्त्री देउवा हेलिकप्टरमार्फत नै धनगढी फर्किएका छन् । भोलिदेखि कैलाली, कञ्चनपुर र डडेल्धुराका विभिन्न स्थानमा आयोजना हुने चुनावी सभामा सहभागी हुने उनको निजी सचिवालयले जनाएको छ । 


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०७४  १९:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro