site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
१४ सय किमी पूरा गरेर ‘ग्याङ अफ डस्टर’ नेपालमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । रेनो कम्पनीले आयोजना गरेको ‘ग्याङ अफ डस्टर्स’ नामक साहसिक यात्रा नेपाल आइपुगेको छ । २४ वटा डस्टर गाडीसहितको यात्रा करिब १४ सय किलोमिटर दूरी पार गरेर ९ दिनमा नेपाल आइपुगेको हो । 

यात्रा भारतको लखनउबाट कात्तिक २४ गते सुरु भएको थियो भने भारतको गोरखपुर हुँदै नेपाल प्रवेश गरेको थियो । कम्पनीका अनुसार ग्याङ अफ डस्टर्सले काठमाडौंको यात्रा पूरा गरिसकेको छ भने अब, चितवन, पोखरा, लुम्बिनीलगायत स्थान हँुदै पुनः लखनउ फिर्ता हुनेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

ग्याङ अफ डस्टर रेनो इण्डियाले सुरु गरेको एउटा विशेष अभियान रहेको बताइएको छ, जसले डस्टर धनीहरुलाई साहसिक, कठिन तथा रोमाञ्चक भूगोलहरुको यात्रा गराउनेछ । यसमा अहिलेसम्म एक लाखभन्दा बढी सहभागी भइसकेका बताइएको छ । सोे समुदाय भारतमा चार पांग्रे गाडीको साहसिक यात्रा समुदायमध्ये सबैभन्दा ठूलो भएको दावी गरिएको छ ।

एडभान्स अटोमोबिल्स प्रालिका प्रबन्ध निर्देशक निकुञ्ज अग्रवालले नेपालमा पहिलो पटक भारतको विभिन्न स्थानबाट सहभागी ग्याङ अफ डस्टर्स सदस्यहरुको २४ वटा डस्टर गाडीसहितको लस्कर आएको जानकारी दिए ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०७४  १६:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC