बाबियाचौर।राप्रपाका प्रवक्ता भुवन पाठकले हिन्दू राष्ट्र र राजतन्त्रसहितको प्रजातन्त्र पुनःस्थापना राप्रपाको प्रमुख कार्यसूची भएको बताएका छन् ।
राप्रपा म्याग्दीले आज बेनीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रवक्ता पाठकले भ्रष्टाचारमुक्त नेपाल, आर्थिक समृद्धि र जनजीविका लगायत विषय चुनावी घोषणापत्रमा प्राथमिकता दिइने बताए । प्रजातन्त्रको रक्षाका लागि प्रजातान्त्रिक शक्ति एक हुनुपर्ने उनको भनाइ थियो ।
राप्रपाका केन्द्रीय सदस्य तथा प्रदेशसभा म्याग्दी क्षेत्र नं १ का उम्मेदवार भीमप्रसाद गौचनले चुनाव जिते पाँच वर्षभित्र मालढुङ्गा– बेनी सडकलाई चार लेनको बनाइने, सडक नपुगेका ठाउँमा सडक पु¥याइने, वडा कार्यालयसम्मको सडक ग्राभेल गर्ने, घरघरमा खानेपानी, मोबाइल सेवा र निःशुल्क इन्टरनेटको सुविधा पु¥याइने घोषणा गरे । रासस