site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
उत्तर कोरिया–अमेरीकाबीच गोप्य कुरा कसरी हुन्छ ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । उत्तर कोरिया र अमेरीकाबीच तनाव जारी छ । दुई देशबीच आधिकारिक वार्ता हुन सकेको छैन् । 

तर उत्तर कोरिया र अमेरीकाबीच अनौपचारिक कुराकानी अहिलेपनि चलिरहेको छ । जसका कारण विश्वसमुदाय सामु यी दुई देश खुला मञ्चहरुमा किन एक अर्कालाई लक्षित गरेर किन बयानबाजी दिन्छन् भन्ने प्रश्न खडा गरिदिएको छ । 

पर्दा पछाडि कसरी हुन्छ दुई देशबीच अनौपचारिक कुराकानी ? यसबारेमा जान्न केही वर्ष पछाडि जान जरुरी छ । 

Prabhu Bank
Agni Group
NIC Asia

सन् २०१३ को सेप्टेम्बर २५ 
स्थानः जर्मनीको राजधानी बर्लिन 

उत्तर कोरिया र अमेरीकाका उच्च अधिकारीहरुबीच एक ठूलो होटलको रेष्टुराँमा भेटघाट हुन्छ । भेटघाटका क्रममा भएको कुराकानी एकदमै छोटो हुन्छ । भेटघाटमा उनीहरु एक अर्कासँग परिवारको बारेमा समेत कुराकानी गर्दछन् । 

Global Ime bank

बैठकमा को भए सहभागि ?

यो बैठकमा सहभागि हुने दुबै जना परिचित अनुहार हुन् । होटल बाहिर सुरक्षा व्यवस्था कडा थियो । जुन रेष्टुराँमा बैठक भएको थियो उक्त स्थान भवन बाहिरबाट देख्न सकिँदैन थियो । 

उक्त कुराकानीको सुरुवात डिनरबाट हुन्छ । त्यसपछि दुवै पक्षबीच कुराकानी हुन्छ । बैठकमा उत्तर कोरियाका प्रतिनिधि आफ्नो सरकारको देष्टिकोण सम्झाउने प्रयासमा थिए । त्यस्तै अमेरीकाका प्रतिनिधि सोही वार्ताबाटै उत्तर कोरियालाई लिएर उत्पन्न समस्या साम्य पार्ने ध्यानमा थिए । 

राजनयिक गठबन्धन नभएका कारण अमेरीका र उत्तर कोरियाबीच सूचना आदान प्रदानमा व्यवधान उत्पन्न हुँदै आएको छ । यो समस्याका कारण उत्तर कोरिया अमेरीकाका लागि चुनौती बनेको छ । 

दशकौंदेखि हुँदैछ भेटघाट 

बर्लिनमा भएको बैठक अनौपचारिक कुराकानीको एक उदाहरणमात्रै हो । दशकौंदेखि दुई देशबीच यस्ता प्रकारका भेटघाट हुँदै आएका छन् । जेनेभा, लण्डन र क्वालालाम्पुरमा विगतका दिनहरुमा दुई देशबीच यस्ता बैठक भएका छन् । 

गएका केही महिनादेखि अमेरीका र उत्तर कोरियाबीच सम्बन्ध चिसिएको छ । कोरियाई प्राद्वीपमा बढ्दै गएको तनावका बीच दुई देशबीच अनौपचारिक कुराकानी जरुरी देखिएको छ । जानकारहरुका अनुसार पर्दा पछाडि हुँदै आएका यी भेटघाटहरु संकट समाधानको उत्तम उपाय हुन सक्छन् । सबैको ध्यान यतिबेला आगामी अनौपचारिक कुराकानीमा केन्द्रीत छ । दुई देशबीचको अनौपचारिक बैठक यही साता रुसको मस्कोमा हुने भएको छ । जसमा उत्तर कोरियाका तर्फबाट सरकारी अधिकारी र अमेरीकाका तर्फबाट शैक्षिक बिशेषज्ञ वा पूर्व अधिकारी सहभागि हुने बताइएको छ । अमेरीकाका तर्फबाट बैठकमा पूर्व सेक्रेटरी अफ स्टेट फर पोलिटिकल वेंडी शेरमान, परमाणु वैज्ञानिक सिगफ्राइड हेकर र उत्तरी अमेरीका ममिलाका लागि उत्तर कोरियाका डाईरेक्टर जनरल चोई सुनपनि सहभागि हुन सक्ने आंकलन गरिएको छ । 

गोप्य वार्ताः कहिले र कसरी ?

यो साल उत्तर कोरिया र अमेरीका बीच यस्ता तीन वटा भेटघाट भइसकेका छन् । डोनाल्ड ट्रम्पले अमेरीकाको शासन सत्ता सम्हालेपछि पहिलो भेटघाट गत जनवरीमा भएको थियो । अमेरीकी र दक्षिण कोरियाली सैनिकको संयुक्त अभ्यासपछि गत मे महिनामा दोस्रो भेटघाट भएको थियो । उक्त संयुक्त सैन्य अभ्यासलाई प्योङयाङले आफ्नो देशमाथि आक्रमणको तयारी स्वरुप गरिएको आशंका गरेको थियो । तेस्रो बैठक अगस्टमा भयो । त्यो अघिपनि सैनिकहरुले संयुक्त अभ्यास गरेका थिए । 

अमेरीकी गृहमन्त्रालयका प्रवक्ता हेथर नौरेटले बीबीसीलाई ईमेल मार्फत भनेका छन्, ‘‘अमेरीकी राजनायकसँग यस्ता कयौं बाटोहरु छन् । जसको सहयोगले हामीलाई उत्तर कोरियाली सरकारसँग कुराकानी गर्न सक्छौं ।’’ 

उनले लेखेका छन्, ‘‘उत्तर कोरियाली अधिकारीका तर्फबाट त्यस्तो कुनै रुची थाहा हुँदैन कि जसबाट लागेस् कि उनीहरु परमाणु मुक्त हुने सन्दर्भमा कुराकानी गर्न चाहन्छन् ।’’ 

अमेरीका उत्तर कोरियामाथि नयाँ प्रतिवन्ध लगाउने बारे प्रतिक्षा गरिरहेका बेला उत्तर कोरिया आफ्नो परमाणु शक्ति विकसित गर्नमा केन्द्रीत छ । यस कारण विश्वका सबैभन्दा शक्तिशाली दुई देशबीच गोप्य कुराकानीलाई समस्या समाधानका लागि उत्तम विकल्पको रुपमा हेरिएको छ ।  
बीबीसी हिन्दीबाट 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ७, २०७४  ०४:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC